लिस्ट ‘ए’ मा ५० विकेट पुरा गर्दै सोमपालको किर्तिमान

Sompal Kami
  • विकेटनेपाल – ३ चैत्र, शनिवार

एक दिवसीय विश्वकप छनौट अन्तर्गत सातौँ स्थानको लागि नेदरल्याण्ड बिरुद्दको खेलमा नेपाली क्रिकेट टोलिका प्रमुख फास्ट बलर सोमपाल कामीले महत्वपूर्ण सफलता हात पारेका छन्। सोमपाल लिस्ट ‘ए’ क्रिकेटमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली बलर बनेका छन्।

नेदरल्याण्ड बिरुद्द टस हार्दै पहिले बलिंगमा उत्रिएको नेपालको लागि सोमपालले आफ्नो पहिलो ओभरमानै सफलता दिलाएका थिए। पहिलो ओभरको तेस्रो बलमा वेस्ली बारेशीलाई सोमपालले आउट गरेका थिए। त्यसपछि तेस्रो ओभरको दोस्रो बलमा बेन कुप्परलाई आरिफ शेखको हातबाट क्याच गराउंदै सोमपालले लिस्ट ‘ए’ क्रिकेटमा आफ्नो ५० विकेट पुरा गरेका थिए। खेलमा २३ बर्षिय बलरले २४ रन खर्चेर ४ विकेट समेत हात पारे र ३७ लिस्ट ‘ए’ खेल्दा विकेट संख्या ५२ पुर्याए।

Sompal Kami
Sompal Kami

सन् २०१४ को न्युजिल्याण्डमस सम्पन्न एकदिवसीय बिश्वकपबाट युएईसंग खेल्दै लिस्ट ‘ए’ क्रिकेटको सुरुवात गरेका सोमपाल नेपालबाट लिस्ट ‘ए’ क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी समेत हुन्। आफ्नो ३७ खेलमा सोमपालले २६.६३ को औसतमा कुल ५२  विकेट लिएका छन्।

सोमपाल पछी लिस्ट ‘ए’ मा नेपालको लागि सर्वाधिक विकेट लिने बलर बसन्त रेग्मी रहेका छन्। उनको नाममा ३५ खेलमा ४६ विकेट रहेको छ। यस्तै तेश्रो स्थानमा रहेका सन्दिप लामिछानेले २१ खेलमा ४२ विकेट लिईसकेका छन्।

लिस्ट ए क्रिकेटमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी :

खेलाडीको नाम जम्मा खेल विकेट औसत
सोमपाल कामी ३७* ५२ २६.६३
बसन्त रेग्मी ३५ ४६ २४.७८
सन्दिप लामिछाने २१ ४२ १७.९०
सागर पुन २१ १९ २५.६३
करन केसी १९ १९ २७.७८

सोमपालले ५२ विकेट लिंदा युएईसंग बिश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा लिएको ५ विकेट व्यक्तिगत उत्कृस्ट स्पेल हो। त्यस खेलमा उनले १० ओभरमा २७ रन दिएर ५ विकेट लिंदै च्याम्पियनसिपमा ५ विकेट लिने पहिलो बलर समेत बनेका थिए।

ब्याटिंग तर्फभने कप्तान पारस खड्काले बिश्वकप छनौटकै स्कटल्याण्डसंगको खेलमा लिस्ट ‘ए’ क्रिकेटमा एक हजार रन पुरा गर्दै यो उचाई हाँसिल गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए। पारसको नाममा लिस्ट ए क्रिकेटमा ३४ खेलमा १,१८२ रन रहेको छ।

Paras Khadka
Paras Khadka

यस्तै लिस्ट ‘ए’ मा सर्वाधिक रन बनाउने नेपाली खेलाडीको सुचिमा ज्ञानेन्द्र मल्ल दोस्रो र शरद भेषवाकर तेस्रो स्थानमा रहेका छन्। ज्ञानेन्द्रले ३७ खेलमा ९०४ रन बनाएका छन् भने शरदले ३२ खेलमा ८३७ रन बनाएका छन्। चौथो स्थानमा रहेका बिनोद भण्डारी २१ खेलमा ३९६ रन रहेको छ भने पाँचौ स्थानमा सोमपाल कामिले ३७ खेलमा ३३६ रन बनाएका छन्। छैठौं स्थानमा रहेका बसन्त रेग्मीले ३५ खेलमा २९५ रन बनाएका छन् भने आरिफ शेख १७ खेलमा २४८ रन बनाउदै सातौँ स्थानमा छन्।

 

 





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]