टि-१० : सोमपालको शानदार प्रदर्शनका बाबजुद पराजित हुँदै मराठा बाहिरियो

२०७७ माघ २२, बिहीबार १९:३९

युएईमा जारि अबुधाबी टि-१० लिग अन्तर्गत सुपर लिग चरणको अन्तिम खेलमा नेपाली खेलाडी सोमपाल कामि आवद्ध टिम मराठा अरबियन्स डेक्कन ग्ल्याडीएटर्ससंग पराजित भएको छ।

हारसंगै ६ खेलमा मात्र १ जित र ५ हार बेहोर्दै अंकतालिकाको पुछारमा रहँदै मराठा लिगबाट बाहिरिएको छ। मराठाले पहिलो खेलमा नर्दर्न वारियर्सलाई पराजित गरेपछि बाँकी ५ खेलमा लगातार हार बेहोर्यो। यस अघिनै अर्का नेपाली खेलाडी करन केसी आवद्ध टिम पुने डेभिल्स पनि ६ खेलमा १ जित र ५ हार बेहोर्दै लिगबाट बाहिर भैसकेको छ।

शेख जायद स्टेडीयम अबुधाबीमा सम्पन्न खेलमा डेक्कनले दिएको १२१ रनको लक्ष्य पछ्याएको मराठाले १० ओभर ब्याटिंग गरेता पनि ३ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो। मराठाको लागि मोसद्दक हुसेनले सर्वाधिक तथा इशान मलहोत्राले २२ रन बनाए। डेक्कनको बलिंगमा कप्तान इमरान ताहिर, आरोन समर्स र जिशान जमिरले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको डेक्कनले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर १२० रन बनाएको थियो। डेक्कनको ब्याटिंगमा अनवर अलिले सर्वाधिक अविजित ३९ रन बनाए भने प्रशान्त गुप्तले ३५ तथा यासिर कालिमले २८ रन बनाए। मराठाको बलिंगमा सोमपाल कामिले २ विकेट लिए भने प्रभिन ताम्बे र सोहाग गाजीले समान १ विकेट लिए।

सोमपालको शानदार बलिंग 

अघिल्लो खेलमा टिम अबुधाबीसंग महँगो सावित भएका सोमपाल कामिले लिगको अन्त्य शानदार स्पेलको साथ गरे।

पहिलो ओभर : २ रन खर्चेर २ विकेट ( ० , १ , १ , विकेट , ० , विकेट )

इनिंग्सको छैठौं ओभरमा बलिंग गर्न आएका सोमपालले ओभरमा २ विकेट लिए। चौथो बलमा सोमपालले स्लोअर बलमा प्रशान्त गुप्ता पुल गर्ने क्रममा क्याच आउट भए। ३५ रन बनाएका गुप्ताको महत्वपूर्ण विकेट लिंदै उनले टिमलाई खेलमा फर्काए। ओभरको छैठौं बलमा पनि सोमपाल रोकिएनन् क्रिजमा जमीसकेका अर्का ब्याट्सम्यान यासिर कलिमलाई उनले क्याच आउट गराए। सोमपालले गरेको स्लोअर बलमा पुल गर्ने क्रममा उनि डिप- मीड विकेटमा क्याच आउट हुन पुगे।

पहिलो ओभरमा सोमपालले मात्र २ रन खर्चेर २ विकेट लिए।

दोश्रो ओभर : १० रन ( ४ , ४ , १ , ० , ० , १ )

आठौँ ओभरमा दोश्रो ओभर बलिंग गरेका सोमपालको पहिलो २ बलमा अनवर अलिले चौका प्रहार गरे। त्यसपछि भने सोमपालले बाँकी ४ बलमा मात्र २ रन दिए जुन राममा क्यामरन डेलपोर्टलाई रन बनाउने मौका दिएनन्।

कुल २ ओभर बलिंग गर्ने क्रममा सोमपालले १२ रन खर्चेर २ विकेट लिंदै लिगमा आफ्नो उत्कृस्ट स्पेल दर्ता गरे।

लिगमा सोमपालको प्रदर्शन 

लिग अन्तर्गत मराठाले खेलेको ६ वटै खेलमा अन्तिम-११ मा मौका पाएका सोमपालले कुल ३ विकेट लिन सके। यस क्रममा उनले कुल ८ ओभर बलिंग गर्दा १३.३७ रन प्रति ओभरको रेटमा ११५ रन खर्चिए।

पहिलो खेल ( बिरुद्ध – पुने नर्दर्न वारियर्स ) : विकेटविहिन ( २-०-२८-० )

दोश्रो खेल ( बिरुद्ध – दिल्ली बुल्स ) : विकेटविहिन ( १-०-१७-० )

तेश्रो खेल ( बिरुद्ध – बांग्ला टाईगर्स ) : विकेटविहिन ( १-०-१२-० )

चौथो खेल ( बिरुद्ध – कलन्दर्स ) : १ विकेट ( १-०-१९-१ )

पाँचौ खेल ( बिरुद्ध – टिम अबुधबी ) : विकेटविहिन ( १-०-२७-० )

छैठौं खेल ( बिरुद्ध – डेक्कन ग्ल्याडीएटर्स ) : २ विकेट ( २-०-१२-२ )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy