ग्लोबल टि-२० अन्तिम-११ मा पर्ने सोमपालको प्रतीक्षा लम्बियो

Sompal Kami

पहिलो पटक विदेशी लिग खेल्न छनौट भएका स्टार नेपाली अल-राउण्डर सोमपाल कामिले ग्लोबल टि-२० क्यानडामा डेब्युको लागि अझै प्रतीक्षा गर्नुपर्ने भएको छ।

प्रतियोगितामा ब्राम्पट वुल्भ्ससंग आफ्नो चौथो खेल खेल्ने क्रममा रहेको सोमपालको टिम विन्नीपेग सोमपाललाई अन्तिम-११ मा मौका दिएको छैन। अहिले राति १०:१५ बजे बाट सुरु हुने खेलमा टस जितेर ब्राम्पटनले बलिंग रोजेको छ।  सोमपाललाई टिमले ड्राफ्ट मार्फत ३ हजार डलरमा लिएको थियो।

विन्नीपेग टिममा मोहम्मद इरफान, ड्वेन ब्राभो, रायद इमरित, कालिम साना जस्ता तिब्र गति बलर रहेका छन् जसले सोमपालको अन्तिम-११ मा पर्न मुस्किल रहेको हो।

प्रतियोगिताको ३ खेल खेल्दा विन्नीपेगले २ खेलमा जित र १ हार बेहोरेको छ र अंकतालिकामा तेश्रो स्थानमा रहेको छ। विन्नीपेगको आगामी खेल शनिवार एडमन्टन रोयल्ससंग रहेको छ।

अर्का नेपाली खेलाडी सन्दिप लामिछाने रहेको टिम टोरोन्टो नेसनलको आगामी खेल अगस्त ३ तारिक शनिवार रहेको छ। उक्त टिमको कप्तानी युभराज सिंहले गरिरहेका छन्। ३ खेल खेल्दा टोरोन्टोले १ जित र २ हार बेहोरेको छ र अंकतालिकामा पाँचौ स्थानमा रहेको छ।
सन्दिप र सोमपाल यसै साता सिंगापुरमा सम्पन्न आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) खेलेर त्यतैबाट क्यानडा पुगेका थिए।

सन्दिपले पनि प्रतियोगितामा पहिलो खेल खेल्न अझै बाँकी रहेको छ। सोमबार सोमपाल र सन्दिपको टिमले एक अर्का बिरुद्ध प्रतिस्पर्धा गरे पनि दुवै नेपाली खेलाडी अन्तिम ११ मा थिएनन्। उक्त खेलमा विन्नीपेगले टोरोन्टोलाई ३ विकेटले पराजित गरेको थियो।




थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]