सोमपाललाई भारतीय कम्पनिको प्रायोजन

२०७६ असार २८, शनिबार २०:१८

भारतीय क्रिकेट सामग्री निर्माण कम्पनि रेड रक स्पोर्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका अल-राउण्डर सोमपाल कामिलाई २ वर्षको लागि प्रायोजन गरेको छ।

रेड रकले यस अघि भिम शार्की र करन केसीसंग पनि प्रायोजन सम्झौता गरिसकेको छ। करन र भिमलाई रेड रकले निशुल्क क्रिकेट सामग्री प्रदान गर्ने सम्झौता गरेको थियो। सोमपाललाई भने कम्पनिले नगद समेत प्रायोजन गर्न लागेको हो।

शनिवार रेड रकले जारि गरेको प्रेस बिज्ञप्तिका अनुसार सोमपाल क्यानडा प्रिमियर लिग खेल्न छनौट भएको हुनाले उनलाई २ वर्षको लागि प्रायोजन बापत ३ देखि ५ हजार डलर उपलब्ध गराउने बताएको छ। त्यसबापत सोमपालले रेड-रकको क्रिकेट सामग्री प्रयोग गर्नुपर्नेछ।

Sompal Kami

सोमपाल गत महिना ग्लोबल टि-२० क्यानडाको टिम विन्निपेग हक्सको लागि खेल्न छनौट भएका थिए जो राष्ट्रिय क्रिकेट टिमको २०१३/१४ देखि नियमित सदस्य रहेका छन्। राष्ट्रिय टिमका सबैभन्दा तिब्र गति बलर समेत रहेका सोमपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली क्रिकेटर समेत हुन्। यस्तै दशौँ नम्बरमा ब्याटिंग गर्दै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान समेत हुन्। उनले हंगकंगसंग २०१४ मा अविजित ४० रन बनाउदै उक्त विश्व किर्तिमान बनाएका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा ५ विकेट लिने सोमपाल एक मात्र नेपाली क्रिकेटर हुन्। उनले युएईसंग यसै वर्ष उक्त किर्तिमान बनाएका थिए।

सम्झौता पछि रेड रकले प्रेस बिज्ञप्तिमा हाल नेपाल बस्दै आएका मुम्बईका पूर्ण रणजी क्रिकेटर मनिष सखाल्करललाई धन्यवाद दिंदै प्रतिभा छनौट गर्न सहयोग गरेकोमा धन्यबाद दिएको छ। यस्तै रेड रकका मालिक सुबास राजपुत र शेखर कौशिकले नेपाली खेलाडीलाई सम्झौता गर्द पाउदा खुसि व्यक्त गर्दै नेपालमा आफ्नो ब्राण्ड अघि बढाउने समेत बताएका छन्।

Sompal Kami

“सोमपाल कामि नेपाली क्रिकेटको एउटा धरोहर हुन्। सोमपाल, करन जस्तो खेलाडीहरुले पुरा टिम निर्माण गर्न सक्छ। हामि भिम शार्कीको करियर र सम्भावना बारे सकारात्मक छौँ। सोमपाललाई रेड रक परिवारमा स्वागत गर्न पाउदा हामि गर्व गर्छौं”

सन् २००७ मा स्थापना भएको रेड रकले क्रिकेटको सामग्रीहरु उत्पादन गर्दै आएको छ र क्रिकेट ब्याट निर्माणमा विशेष काम गर्दै आएको छ। कम्पनिले सचिन तेन्दुलकर, भिरेन्द्र सहवाग, महेन्द्र सिंह धोनी, रोबिन उथाप्पा जस्ता खेलाडीहरुको लागि समेत ब्याट बनाईसकेको बताएको छ। काठमाडौँमा छिट्टै आफ्नो आउटलेट खोल्ने समेत कम्पनिले योजना बनाएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy