ग्लोबल टि-२० : सन्दिप र सोमपाल अन्तिम-११ मा परेनन्

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिताको अन्तिम खेल अन्तर्गत सिंगापुरसंग खेलीसकेपछि सोमपाल कामि र सन्दिप लामिछाने सोमबार बिहान ग्लोबल टि-२० क्यानडा पुगेका छन्।

क्यानडा पुगे पनि आज टोरोन्टो नेसनल र विन्नीपेग हक्स बीच खेलमा सोमपाल र सन्दिपलाई दुवै टिमले अन्तिम-११ मा स्थान दिएको छैन। सोमपाल विन्नीपेग र सन्दिप टोरोन्टो टिममा छन्। नेपाली समय १०:१५ बजे सुरु भएको खेलमा दुइ नेपाली खेलाडीहरु एक अर्का बिरुद्ध खेल्ने नेपाली फ्यानहरुको आशा पुरा नभएको हो। खेलमा विन्नीपेग हक्सले टस जितेर बलिंग रोजेको छ। खेल स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गरिरहेको छ।

भर्खरै प्रतियोगिता खेलेर आजै बिहान पुगेका कारण दुइ खेलाडीलाई थकानको कारण पनि अन्तिम-११ मा स्थान नदिईएको हुने सम्भावना रहेको छ। यस अघि सन्दिप खेल्ने सम्भावना प्रवल रहेको मानिएपनि सोमपालले भने सुरुवातमै अन्तिम-११ मा स्थान पाउन मुस्किल मानिएको थियो। सन्दिप लगातार विदेशी लिगहरु खेलीरहे पनि सोमपाल भने पहिलो पटक देश बाहिरको लिगमा खेल्न लागेकोकोले पनि उनको अन्तिम-११ मा पर्ने सम्भावना कम मानिएको हो।

Toronto Nationals (Playing XI): Rodrigo Thomas, Chirag Suri, Yuvraj Singh(c), Kieron Pollard, Heinrich Klaasen(w), Ravinderpal Singh, Chris Green, Mark Montfort, Jeremy Gordon, Salman Nazar, Manpreet Gony

Winnipeg Hawks (Playing XI): Chris Lynn, Jean-Paul Duminy, Rayad Emrit(c), Dwayne Bravo, Shaiman Anwar, Sunny Sohal, Hamza Tariq(w), Varun Sehdev, Kaleem Sana, Mohammad Irfan, Umair Ghani

सोमपालको टिम विन्नीपेग हक्सले पहिलो खेलमा मोन्टरियल टाइगर्ससंग हार बेहोरीसकेको छ। यस्तै सन्दिपको टिम टोरोन्टो नेसनल्सले २ खेलमा १ जित र १ हार बेहोरेको छ।

सोमपाललाई ३ हजार डलरमा तथा सन्दिपलाई ६० हजार डलरमा ड्राफ्टमा लिईएको थियो। विन्नीपेग हक्सको कप्तान वेस्ट इन्डिज क्रिकेटर रायद इमरितले तथा टोरोन्टो नेसनल्सको भारतीय क्रिकेटर युभराज सिंहले गरिरहेका छन्। सन्दिपको टिममा युभराज सिंह लगायत ब्रेण्डन म्याकलम, काइरन पोलार्ड, मिचेल म्याक्लेनघन जस्ता खेलाडीहरु रहेका छन्। सोमपालको टिममा जेपी डुमिनि, ड्वेन ब्राभो, ड्वेन स्मिथ, उमर अकमल, क्रिस लिन जस्ता खेलाडीहरु रहेका छन्।

टोरोन्टो नेसनलको बाँकी खेलहरु :-

अगस्ट ३ – बिरुद्ध ब्राम्पटन वुल्भ्स ( राति १०:१५ बजे )
अगस्ट ४ – बिरुद्ध मोन्टरियल टाइगर्स ( राति २:१५ बजे )

विन्नीपेग हक्सको बाँकी खेलहरु :-

जुलाई २९ – बिरुद्ध टोरोन्टो नेसनल्स ( राति १०:१५ बजे )
अगस्ट १ – बिरुद्ध ब्राम्पटन वुल्भ्स ( राति १०:१५ बजे )
अगस्ट ३ – बिरुद्ध एडमोन्टोन रोयल्स ( राति २:१५ बजे )





थप समाचार

जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय क्रिकेटको उपाधि डिएभी स्कुललाई

काठमाडौं । डिएभी स्कुलले दोस्रो जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। प्रसिद्ध जैशीको अलराउण्ड प्रदर्शन मदतमा सोमबार […]

जयकुमारनाथ शाह यु-१६ को क्वार्टरफाइनल समिकरण पुरा 

बाबु एडभेन्चर प्याराग्लाइडिङ जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पुरा भएको छ। प्रतियोगिताको शुक्रबार समुह चरणको […]

महिला टी-२० विश्वकप छनोट : नेपाल र हङकङको खेल रद्द

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल र खेल हङकङबीचको पहिलो खेल रद्द भएको छ। थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा बिहान […]

एसपीए कलेजको ‘ब्रान्ड एम्बेसडरमा क्रिकेटर कविता कुँवर नियुक्त

धनगढी । सुदूर पश्चिमाञ्चल एकेडेमी (एस.पी.ए) कलेजले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर कविता कुँवरलाई आफ्नो ‘ब्रान्ड एम्बेसडर’मा नियुक्त गरेको […]

डीएभी र अपि स्कुल क्वार्टरफाइनलमा

डीएभी स्कुल र अपि स्कुलले बाबु एडभेन्चर प्याराग्लाइडिङ जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेका […]

जयकुमारनाथ शाह यु-१६ : सैनिक र मोक्क्षदा क्वार्टरफाइनलमा

सैनिक आवसीय महाविद्यालय र मोक्क्षदा स्कुलले बाबु एडभेन्चर प्याराग्लाइडिङ जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का […]