टि-१० लिग : दोश्रो खेलमा सोमपालको महँगो ओभर, बोपराले हिर्काए लगातार ३ चौका

युएईमा जारि अबुधाबी टि-१० लिग अन्तर्गत नेपाली खेलाडी सोमपाल कामि आबद्ध टिम मराठा अरबियन्स दोश्रो खेलमा दिल्ली बुल्ससंग पराजित भएको छ।

शेख जायद स्टेडीयम, अबुधाबीमा सम्पन्न खेलमा मराठाले दिएको ८८ रनको लक्ष्य दिल्लीले मात्र १ विकेट गुमाएर ५ ओभरमै भेटायो। दिल्लीको लागि ओपनर इभिन लुइसले १६ बलमा ७ छक्का र २ चौका प्रहार गर्दै अविजित ५५ रन बनाए। यस्तै रभी बोपाराले १२ बलमा ५ चौका मद्दतले २८ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको मराठाले १० ओभरमा ४ विकेट गुमाएर ८७ रन बनाएको थियो। उसको लागि कप्तान मोसद्देक हुसेनले सर्वाधिक ३५ रन तथा जाभेद अहमदीले २४ रन बनाए। दिल्लीका बलर अमद बट, फिडेल एडवार्ड्स र अलि खानले १/१ विकेट लिए।

सोमपालको महँगो ओभर 

इनिंग्सको दोश्रो ओभरमा बलिंग गर्न आएका सोमपाल निकै महँगो सावित भए। ओभरको पहिलो ३ बलमा इंग्ल्यान्ड राष्ट्रिय क्रिकेटर रहीसकेका रभी बोपाराले लगातार चौका प्रहार गरे। चौथो बलमा सोमपालले रन दिएनन्। तर पाँचौ बलमा बोपाराले पुनः चौका हिर्काएर चौका संख्या ४ पुर्याए। अन्तिम बलमा सोमपालले १ रन दिए। ओभरमा सोमपालले १७ रन खर्चिए।

अघिल्लो खेलमा सोमपालले नर्थर्न  वारियर्स बिरुद्ध २ ओभर बलिंग गर्ने क्रममा सोमपालले २८ रन खर्चिएका थिए।

मराठाले लिगमा आगामी खेल शनिबार राति ५:४५ बजे बंगला टाइगर्स बिरुद्ध खेल्नेछ।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]