सोमपालले अमेरिकामा आयोजना हुने टु-एक्स युएसए कपमा नेपाली राइनोजको कप्तानी गर्ने

Sompal Kami
  • विकेटनेपाल, फाल्गुन-८ , बुधबार 

राष्ट्रिय क्रिकेट टिमका तिब्र गति बलर सोमपाल कामिले अमेरिकामा अर्को महिना मार्च २० देखि २४ सम्म आयोजना हुने टु-एक्स क्रिकेट युएसए कपमा सहभागी हुने नेपाली राइनोज टिमको कप्तानी गर्ने भएका छन्।

प्रतियोगिताको यस अघि सन् २०१६ को संस्करण जितेको नेपाली राइनोज क्रिकेट क्लबले जितेको थियो र उपाधि सहित ६० हजार अमेरिकी डलर पुरस्कार समेत जितेको थियो। त्यस बेला नेपाली टिमको कप्तानी पारस खड्काले गरेका थिए भने टिममा ज्ञानेन्द्र मल्ल, शरद भेसावकर ,बसन्त रेग्मी, सुबास खकुरेल, सोमपाल कामि, पृथु बास्कोटा र सिद्धान्त लोहनी जस्ता क्रिकेटर रहेका थिए।

३ वर्ष पछि पुनः टु-एक्स क्रिकेट युएसए कप आयोजना हुँदैछ जसमा सहभागी हुन नेपालबाट सोमपाल सहित अन्य ३ क्रिकेटरहरु पनि पुग्नेछन्।

टु-एक्स युएसए कप २०-२० ओभरको फर्म्याटमा खेलिने प्रतियोगिता हो तर खेल भने टेस्ट क्रिकेट जस्तो १०/१० ओभरको ४ वटा इनिंग हुन्छ।पहिले ब्याटिंग गर्ने टिमले १० ओभर खेल्छ भने त्यसपछि अर्को टिमले १० ओभर ब्याटिंग गर्छ। त्यसपछि पुनः पहिले ब्याटिंग गर्ने टिमले अर्को १० ओभर ब्याटिंग गर्दै २० ओभर पुरा गर्छ र लक्ष निर्धारण गर्छ त्यसपछि दोश्रो ब्याटिंग गर्ने टिमले लक्ष पछ्याउछ।

नेपाली राइनोज क्रिकेट क्लबका संस्थापक सदस्य समेत रहेका आशिक लामाले विकेटनेपाललाई जानकारी गराउदै यो पटक पनि क्लबले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको र सोमपालले टिमको कप्तानी गर्ने निश्चित भएको बताएका छन्।

“यो पटक पनि हामि सहभागिता जनाउदै छौ र सोमपाल कप्तानको रुपमा आउनेछन्”

“यस्तै नेपाली राइनोज टिममा दक्षिण अफ्रिकी क्रिकेटर रस्टि थेरोन, वेस्ट इन्डिज क्रिकेटर शन फिन्डले र क्रुमाह बोनर तथा पाकिस्तानी यु-१९ क्रिकेटर शायन जहाँगिर पनि टिममा हुनेछन्”

थेरोन र फिन्डलेले २०१६ को संस्करण पनि क्लबको लागि खेलेका थिए र राम्रो प्रदर्शन पनि गरेका थिए। बिदेशी नाम बाहेक टिममा नेपाली राष्ट्रिय टिमका अन्य खेलाडी पनि हुने जसको घोषणा भिसा प्रक्रिया पुरा भए पछि गर्ने लामाले बताएका छन्। सोमपाल सहित ४ जना नेपाली क्रिकेटर अमेरिका लैजाने योजना रहेको लामाले बताएका छन्।

सोमपाल पछि करन केसी, ललित राजबंशी र दिपेन्द्र ऐरीलाई ल्याउने प्रक्रिया भइरहेको छ। आवस्यक प्रक्रीया भने ३ क्रिकेटरहरुको पुरा नभईसकेको लामाले बताएका छन्।

यो पटक टिममा नेपाली पुर्व राष्ट्रिय क्रिकेटर कनिस्क चौगाईं, बरदान चालिसे, राकेश कर्ण पनि रहने लामाले जानकारी गराए।

प्रतियोगिता खेल्न सोमपाल मार्च १२ तारिकमा अमेरिका प्रस्थान गर्नेछन्। सोमपाल धनगढीमा जारि धनगढी प्रिमियर लिगमा धनगढी स्टार्सको कप्तान थिए जुन टिम पहिलो चरणबाट बाहिरीसकेको छ।

हस्टन टेक्ससमा आयोजना हुने प्रतियोगिताको २०१६ को संस्करणमा नेपालले हस्टन स्पार्क्सलाई ५४ रनले पराजित गर्दै उपधि जितेको थियो। हस्टन टिममा कामरान अकमल, सईद अज्मल जस्ता खेलाडी रहेका थिए।

खेलमा पारस खड्काले  ७७ रन बनाएका थिए जुन क्रममा सईद अज्मलको एकै ओभरमा ४ वटा छक्का प्रहार गर्दै तहल्का मचाएका थिए। 

Nepali Rhinos Cricket Club

नेपाली राइनोज क्रिकेट क्लबले २०१६ को संस्करणमा प्रतियोगितामा सहभागिता जनाउदा फन्ड कलेक्सन अभियाननै चलाउनु परेको थियो। यो पटक पनि राइनोज क्लबले सम्पूर्ण खर्च आफै बेहोर्नेछ।

यो पटक प्रतियोगिताको विजेता टिमले ५० हजार डलर पुरस्कार पाउनेछ। प्रतियोगितामा सहभागी हुने टिमहरु र खेल तालिका भने घोषणा भएको छैन।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]