वेस्टइन्डिजका होसेनले तोडे सोमपालको विश्वरेकर्ड

नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामिले सन् २०१४ मा बनाएको विश्वकीर्तिमान वेस्टइन्डिजका अकेल होसेनले तोडेका छन्।

सोमपालले सन् २०१४ नोभेम्बर २४ तारिखमा हंगकंग बिरुद्ध श्रीलंकाको कोलोम्बो स्थित पीसारा ओभल मैदानमा दशौँ नम्बरमा ब्याटिंग गर्दै ४० रन बनाएका थिए। ३१ बलमा ६ चौका र २ छक्का मद्दतले उनले बनाएको उक्त ४० रन दशौँ नम्बरमा ब्याटिंग गर्दै टि-ट्वान्टी अन्तर्राष्ट्रियमा व्यक्तिगत उच्च स्कोर थियो। नेपालले २५ रनमा ८ विकेट गुमाएको अवस्थामा सोमपालले नवौं विकेटको लागि शक्ति गौचनसंग ४३ रनको साझेदारी गर्दै उक्त कीर्तिमान बनाएका थिए।

लामो समय कसैले तोड्न नसकेको सोमपालको विश्वकीर्तिमान सोमबार वेस्टइन्डिजका अकेल होसेनले तोड्दै आफ्नो नाम गरेका हुन्। होसेनले इंग्ल्यान्ड बिरुद्ध दोश्रो टि-२० अन्तर्राष्ट्रियमा मात्र १६ बलमा ३ चौका र ४ छक्का मद्दतले अविजित ४४ रन बन्दै विश्वकीर्तिमान आफ्नो नाम गरेका हुन्।

होसेनले इनिंग्सको अन्तिम बलमा सकिब मोहम्मदलाई छक्का प्रहार गर्दै रेकर्ड तोडेका हुन्। १६ औ ओभरमा ब्याटिंग गरेका होसेनले रोमारियो शेफर्डसंग नवौं विकेटको लागि ७२ रनको साझेदारी गरे जुन टेस्ट रास्ट्र बीचको क्रिकेटमा नवौं विकेटको लागि सर्वाधिक साझेदारी हो भने टि-२० अन्तर्राष्ट्रियमा तेश्रो सर्वाधिक नवौं विकेटको साझेदारी हो।

अब सोमपाल टि-२० अन्तर्राष्ट्रिय दशौँ नम्बरमा ब्याटिंग गर्दै दोश्रो उच्च स्कोर बनाउने ब्याट्सम्यान बनेका छन्। यो सूचीमा तेश्रो नम्बरमा साउदी अरबका मोहम्मद अदनान ( ३८) छन्।

दशौँ नम्बरमा उच्च व्यक्तिगत स्कोर ( टि-२० अन्तर्राष्ट्रिय )

अकेल होसेन ( वेस्टइन्डिज ) – ४४* , बिरुद्ध इंग्ल्यान्ड ( २०२२ )
सोमपाल कामि ( नेपाल ) – ४०* , बिरुद्ध हंगकंग ( २०१४ ) , स्कोरकार्ड
मोहम्मद अदनान ( साउदी अरब ) – ३८* , बिरुद्ध कतार ( २०१९ )
केबि अहिर ( पानामा ) – ३२*, बिरुद्ध अर्जेन्टिना ( २०२१ )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy