अझै टुटेको छैन सोमपालले बनाएको बिश्व रेकर्ड

Sompal Kami

खेल : नेपाल – हंगकंग ( अन्तरास्ट्रिय टि-२० ) , २४ नोभेम्बर २०१४ , मैदान : पी सारा ओभल , कोलम्बो श्रीलंका 

बंगलादेश टि-२० बिश्वकप २०१४ पछि नेपाल पहिलो पटक हंगकंगसंग आफ्नो चौथो अन्तरास्ट्रिय टि-२० खेल्दै थियो । बिश्वकपमा हंगकंगलाई ८० रनको बिशाल अन्तरले पराजित गरेको नेपालले उस्तै प्रदर्शन दोहोर्याउने आशा सबैले गरेका थिए। तर, पि सारा ओभलमा टस हारेको नेपालले निकै कमजोर सुरुवात गर्यो।

एक पछि अर्को विकेट लगातार गुमाएको नेपालले पहिलो ८ विकेट २५ रनमै हंगकंगलाई सुम्पन पुग्यो। लज्जास्पद ब्याटिंग गरेको नेपाल टि-२० अन्तरास्ट्रिय क्रिकेट इतिहासकै सबैभन्दा कम स्कोरमा समेटिने खतरा बढ्न थाल्यो। बंगलादेश बिश्वकप २०१४ मा नेदरल्याण्ड श्रीलंकासंग मात्र ३९ रनमा अलआउट भएको थियो जुन योगफल भन्दा पनि कममै नेपाल समेटिने सम्भावना प्रबल थियो।

पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुबास खकुरेल जस्ता ठुला नामहरु पेभेलियन फर्कीसकेको अवस्थामा आठौं विकेटको रुपमा बसन्त रेग्मीलाई पनि गुमाएपछि ब्याटिंग गर्न आईपुगे सोमपाल कामि। स्कोर थियो २५/८  ( ११.५ ओभर )


त्यसपछि सोमपाल कामिले जे गरे त्यसले नेपालको इज्जत अन्तर्राष्ट्रिय स्तरमा जोगिएन मात्र उनले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १० औ नम्बरमा ब्याटिंग गर्दै सर्वाधिक रन बनाउने ब्याट्सम्यानको बिश्व रेकर्डनै आफ्नो नाम गरे।

सोमपाल ब्याटिंग गर्न आउनु अघि नेपालको हालत यति खराब थियो कि नत कसैले चौका/छक्का प्रहार गर्न सकेका थिए नत दोहोरो अंकमानै रन बनाउन सकेका थिए।

१२ औ ओभरको अन्तिम बलको समाना गरेका सोमपालले पहिलो बलमा कुनै रन बनाएनन्। त्यसपछि १३ औ ओभरमा नदीम एहमदको बलिंग सामना गरेका उनले पहिलो २ बललाई रक्षात्मक तरिकाले खेली ओभरको तेश्रो बललाई सीमारेखा पार गराए र आफ्नो खाता खोले। त्यसपछि १३ औ ओभरमा बाँकी ३ बलमा उनले रन बनाएनन्।

१५ औ ओभरको पहिलो बलमा शक्ति गौचनले १ रन लिंदै सोमपाललाई पालो दिए। सोमपालले अनस खानको उक्त ओभरमा रिस्क लिन जरुरि ठानेनन् र ३ वटा डट बल खेल्दै ओभरको पाँचौ बलमा १ रन लिए। शक्ति गौचनले ओभरको अन्तिम बलमा रन बनाउन नसके पछि १६ औ ओभरमा स्ट्राइक सोमपाललेनै पाए।

ओभर कम बाँकी थियो, सोमपाल विकेटमा जमीसकेका थिए। १६ औ ओभरको पहिलो बलमा नदीम एहमदलाई चौका प्रहार गर्न सोमपाललाई कठिन भएन। त्यसपछि दोश्रो बल डट खेलेका उनले तेश्रो बलमा १ रन लिंदै शक्तिलाई स्ट्राइक दिए। शक्ति गौचनले बाँकी बलमा रन बटुल्न सकेनन् र १७ औं ओभरको सामना गर्न पुनः सोमपाल आईपुगे।

हंगकंग तिब्रगति बलर इरफान एहमद बलिंग गर्न आए जसको पहिलो २ बल रक्षात्मक खेलेपछि सोमपालले गेर परिवर्तन गर्न जरुरि ठाने।

ओभरको चौथो बलमा चौका प्रहार गरि सोमपालले लगतै बलमा १ रन लिंदै स्ट्राइक परिवर्तन गरे। सोमपालको चौकासंगै नेपालको स्कोर ४० पुग्यो अर्थात नेपाल इतिहासकै सबैभन्दा कम ( ३९ ) हुनबाट बाँची सकेको थियो।

 

सोमपाल ब्याटिंग गर्दै थिए १५ रनमा अर्थात् उनि १० औ नम्बरमा ब्याटिंग गर्दै सबैभन्दा बढी रन प्रहार गर्ने खेलाडीहरुको अग्रस्थानमा आउन मात्र ७ रन टाढा। उनि अघि अफगानिस्थानका हमिद हसनले दक्षिण अफ्रीका बिरुद्ध १० औ नम्बरमा ब्याटिंग गर्दै २२ रन बनाएका थिए।

सोमपाल कहाँ चुक्थे र ?

१८ औ ओभरमा हसिब अम्जदको दोश्रो , तेश्रो र चौथो बल बाउन्ड्री पार गर्दै उनले स्कोरलाई एक्कासी ५० पार गराईदिए। ३ चौका प्रहार भए पछि नेपालको स्कोर १८ ओभर पछि ५६/८ पुग्यो।

त्यतिन्जेल सोमपालको नाममा बिश्व रेकर्ड बनिसकेको थियो अर्थात उनि १८ औ ओभरको समाप्तिमा २८ रन बनाएर ब्याटिंग गर्दै थिए। १८ औ ओभरको दोश्रो चौका प्रहार गर्दानै उनले रेकर्ड आफ्नो नाममा पारिसकेका थिए।

सोमपाल त्यतिमै रोकिएनन्। १९ औ ओभरको सामना गर्न उनि तम्तयार थिए।

छक्का ! र अर्को पनि छक्का ! १९ औ ओभरको दोश्रो र चौथो बलमा सोमपालले इरफान एह्मदको तिब्रगतिको बललाई जस्तो आयो त्यस्तै उडाईदिए। २ छक्का पछि नेपालको स्कोर ६८ रन पुगिसकेको थियो जुन बलर सुहाउदो पिचमा निकै सम्मानजनक स्कोर थियो।

२ छक्का प्रहार गरेपछि अब सोमपाल सामु अर्को चुनौती नेपाललाई जति सक्दो ठुलो स्कोरतर्फ डोर्याउनु मात्रै थिएन उनि आफ्नो अर्धशतक बाट पनि मात्र १० रन पर थिए। बिश्व रेकर्ड कायम गरिसकेका सोमपालले त्यो कारनामा पनि गर्ने सोच सबैले बनाईसकेका थिए।

तर, दुर्भाग्य त्यसो हुन सकेन।

इरफान एह्मदले अघिल्लो २ छक्काको लागि सोमपाललाई माफी दिएनन् र छक्का बिर्साउने गरि सोमपालको स्टम्प उडाईदिए। त्यतिन्जेल नेपालको स्कोर ६८ पुगीसकेको थियो र नेपालले प्रतिस्पर्धात्मक स्कोर बनाईसकेको थियो।

२८/५ को खराब स्थितिबाट नेपालले ७२ रन बनाउन सकेको थियो जसमा सोमपाल एक्लैले ४० रन योगदान दिएका थिए। ६ चौका र २ छक्का मदतले बनाएको उक्त रन बिश्व क्रिकेटमै टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहाँसको दशौं नम्बरमा ब्याटिंग गर्ने ब्याट्सम्यानले बनाएको सर्वाधिक रन थियो।

उक्त खेलको स्कोरकार्ड 


अन्तर्राष्ट्रिय टि-२० क्रिकेटको दसौं नम्बरमा ब्याटिंग गर्दै सर्बाधिक रन प्रहार गर्ने खेलाडीहरु :

 ब्याट्सम्यान     रन    बिरुद्ध ( बर्ष )
 सोमपाल कामी ( नेपाल )     ४०    हंगकंग ( २०१४ )
 मोहम्मद अदनान ( साउदी अरब )     ३८*    कतार ( २०१९ )
 मो. नुरुल हुदा ( फिनल्याण्ड )     ३०*    स्पेन ( २०१९ )
 कार्ल मुम्बा ( जिम्बाब्वे )     २५    बंगलादेश ( २०२० )
 जुनैद अजिज ( बहराइन )     २४*   माल्दिभ्स ( २०२० )

( नोट : रेकर्ड मे २०२१ अघिसम्मको हो )

सोहि खेलको अर्को रेकर्ड 

हंगकंग बिरुद्ध सोहि खेलमा सोमपालले नवौं विकेटको लागि शक्ति गौचनसंग गरेको ४३ रनको साझेदारी नेपालको टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नवौं विकेटको लागि सर्वाधिक साझेदारी हो। उक्त साझेदारी नवौं विकेटको लागि संयुक्त रुपमा विश्वकै सातौँ ठूलो साझेदारी हो। ड्वेन ब्राभो र जेरोम टेलरले पाकिस्तान बिरुद्ध २०१६ मा गरेको ६६ रनको साझेदारी नवौं विकेटको लागि सर्वाधिक साझेदारी हो।

यो पनि पढ्नुस 

करन केसीको नाममा रहेको ४ विश्वकिर्तिमान

आईपीएलको बाँकी खेल सेप्टेम्बर-अक्टोबरमा युएईमा आयोजना हुन सक्ने

नेपाली खेलाडी सुनम गौतम महँगो मूल्यमा अस्ट्रेलियाको ब्रिसबेन प्रिमियर लिग खेल्न छनोट

आईसीसी वरियतामा कुशलको फड्को, कुन नेपाली खेलाडी कति नम्बरमा





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]