U-19 National : सोनुको शतकमा प्रदेश-१ को लगातार तेश्रो जित

सोनु अन्सारीले शतक बनाउँदा एकदिवसीय अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न चौथौं दिनको खेलमा प्रदेश-१ ले लगातार तेस्रो जित हात पार्ने क्रममा प्रदेश-२ लाई ७ विकेटले पराजित गरेको छ। यस अघि प्रदेश-१ ले बागमती र कर्णाली प्रदेशलाई पराजित गरेको थियो। पहिलो खेलमा सुदुरपश्चिमलाई पराजित गरेको प्रदेश-२ को यो पहिलो हार हो।

प्रदेश-२ ले दिएको २१२ रनको लक्ष्य प्रदेश-१ ले मात्र ३ विकेट गुमाएर ४४.१ ओभरमा पुरा गर्यो। प्रदेश नम्बर-१ को ब्याटिंगमा ओपनर सोनु अन्सारीले अविजित शतक बनाउने क्रममा ११९ रन बनाए जुन क्रममा १४६ बलमा १४ चौका र ३ छक्का प्रहार गरे। दिपेश कंडेलले ३३, बिबेक मेहताले अविजित २४ तथा अंकित सुबेदीले १४ रन बनाए।

कप्तान अंकित सुवेदी र सोनु अन्सारीले पहिलो विकेटको लागि ४७ रनको साझेदारी गरे । सुवेदी आउट भएपछि अन्सारीले लव कामतसँग दोस्रो विकेटको लागि ३५ रनको तथा तेस्रो विकेटको लागि दिपेश कँडेलसँग ६५ रनको साझेदारी गर्दै प्रदेश-१ को जितको आधार तयार पारे । ३२ औं ओभरमा दिपेश आउट भएपछि सोनु र बिबेकले ६५ रनको साझेदारी गर्दै टिमलाई जित सम पुर्याए।

प्रदेश-२ को बलिंगतर्फ कप्तान विवेद यादव, प्रदिप पासवान र तृत राज दाशले समान १ विकेट लिए ।

यसअघि खेलमा टस जितेर ब्याटिंग रोजेको प्रदेश-२ ले ४८.२ ओभरमा सबै विकेट गुमाएर २११ रन बनाउदै प्रदेश-२ लाई २१२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

प्रदेश-२ को ब्याटिंगमा बिबेक यादवले सर्वाधिक ७० रन बनाए जुन क्रमअ ७१ बलमा ४ चौका र ६ छक्का प्रहार गरे। ओपनर रोहन बिकले ५९ बलमा ६ चौका र २ छक्का मद्दतले ४७ रन बनाए। संसाद मन्सुरीले १६ रन, आदील अन्सारीले १३, सन्तोष कार्की र अमित यादवले समान ११ तथा प्रदिप पासवानले अविजित १० रन बनाए।

८८ रनको स्कोरमा ५ विकेट गुमाएको अवस्थामा क्रिजमा आएका बिबेक यादवले त्यसपछि एक किनार सम्हाल्दै ब्याटिंग गरेका थिए। यस क्रममा यादवले आतौं विकेटको लागि संसाद मन्सुरीसंग ३९ रनको साझेदारी गरे। ३० औं ओभरमा मन्सुरी आउट भएपछि यादव र प्रदिप पासवानले नवौं विकेटको लागि ५७ रनको साझेदारी गरे। यादवलाई ४७ औं ओभरमा दिपक जोशीले क्याच आउट गरे।

प्रदेश-१ का बलर देब्रे हाते स्पिनर दिपेश कंडेलले ३ विकेट ( १०-२-४४-३ ) लिए। यस्तै दिपक जोशी ( ९.२-१-३४-२ ) र गौरभ कटवालले ( ८-०-४०-२ ) समान २ विकेट लिए। अभिनय राजबंशीले १ विकेट ( ९-०-४०-१ ) लिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]