बालुवाटारको जितमा सोनु तामांगको विस्फोटक शतक

  • विकेटनेपाल, माघ २५ – बिहिबार

काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा जारि खुकुरी च्यालेन्जर्स कप टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न दुई खेलहरुमा रोयल पिसी फाइटर र बालुवाटार क्रिकेट क्लबले जित हात पारेका छन्। जितसंगै समान ३/३ खेलमा जित हाँसिल गर्दै दुवै टिम क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेल: रोयल पिसी फाइटर Vs त्रिमुर्ति बोयज

आज सम्पन्न पहिलो खेलमा रोयल पिसी फाइटरले त्रिमुर्ति बोयजलाई ५८ रनले पराजित गर्यो।

टस हारेर पहिले ब्याटिंग गरेको फाइटरले नरेश चन्दको अविजित ७५ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनायो। ५० बलमा ८ चौका र ४ छक्का प्रहार गरेका चन्दले सातौँ विकेटको लागि सुबास खकुरेलसँग मिलेर अविजित अविजित ६० रनको साझेदारी गरेका थिए। खकुरेलले २१ बलमा ४ चौका र २ छक्का मदतले अविजित ४० रन बनाए। रबिन जोशीले पनि ३० रन बनाए।

बलिंगतर्फ त्रिमुर्ति बोयजका सन्दीप तामांगले ४५ रन खर्चिदै ३ विकेट हात पारे।

नरेश चन्द

मेहबुब आलमले ३ विकेट लिन मात्र १० रन खर्चेपछी लक्ष्य पछ्याउने क्रममा त्रिमुर्तिले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो। त्रिमुर्तिका लागि ओपनर हिमांशु दत्तले ५७ रनको पारि खेल्नेक्रममा ४९ बलमा ९ चौका प्रहार गरेपनि अन्य खेलाडीहरुले साथ दिएनन्। फाइटरका धिरज शाही र बसन्त खत्रीले २/२ विकेट झारे।

अविजित अर्धशतक बनाएका नरेश चन्द म्यान अफ द म्याच घोषित भए ।

दोश्रो खेल: बालुवाटार क्रिकेट क्लब Vs लर्ड बुद्द क्रिकेट क्लब

आजै भएको दोश्रो खेलमा सोनु तामांगले आक्रामक शतकीय पारि खेलेपछि बालुवाटारले लर्ड बुद्दलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

सोनु तामांग

टस जितेर पहिले ब्याटिंग गरेको बालुवाटारले सोनु तामांगको अविजित १३१ रनको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २०८ रन बनायो । ५९ बलको सामना गरेका तामांगले १२ चौका र ९ छक्का प्रहार गरे। म्यान अफ द म्याच चुनिएका सोनुले २६ बलमा अर्धशतक र ५० बलमा शतक पुरा गरेका थिए। सुमन उदय र पृथु बास्कोटाले समान २२ रन बनाए।

शैसव केसीले ३ विकेट लिन १३ रन खर्चिए पछी लर्ड बुद्दले २० ओभरमा ९ विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो। प्रशुन थापाले ३२ रन बनाएपनि अन्य खेलाडीको साथ पाएनन्। सोनु तामांग र अमर सिंह रौटेलाले २/२ विकेट हात पारे।

अंकतालिका :- 

Group B

TEAM MATCH WIN LOSS NO RESULT POINTS
Baluwatar Cricket Club 3 3 0 0 9
Royal PC Fighter 3 3 0 0 9
IOE Pulchowk 3 1 2 0 3
Lord Buddha Cricket Club 4 1 3 0 3
Trimurty Boys 3 0 3 0 0

 





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]