सोनुको शतकमा थाईल्याण्ड बिरुद्ध योंगस्टारको दोश्रो ठुलो जित

विकेटनेपाल, २७ मङ्सिर

थाईल्याण्ड भ्रमणमा रहेको योंगस्टार युवा क्लब ‘दांग’ ले थाईल्याण्ड रास्ट्रिय क्रिकेट टिम बिरुद्ध दोश्रो टि-२० खेलमा १०२ रनको विजय हात पारेको छ l क्लबले यस अघिको टि-२० मा ९१ रनको जित हात पारेको थियो l

थाईल्याण्ड रास्ट्रिय टिमसंग ३ खेल मध्ये पहिलो खेल ( ५० ओभर ) मा योंगस्टारले ७ विकेटको पराजय बेहोरेको थियो l दोश्रो टि-२० संगै थाईल्याण्ड भ्रमणको सम्पूर्ण खेल सकिएको छ र टोलि बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ l

15401483_10207821591520285_890290507_n
दोश्रो खेल जितेपछि टिम सेल्फी

टेर्ड थाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिंग गरेको योंगस्टारको लागि ओपन्निंग ब्याटिंग गरेका सोनु तामांगले आक्रामक अविजित १२८ रनको इनिंग खेलेपछि निर्धारित २० ओभरमा १९६/३ को स्कोर खडा गरेको थियो l अघिल्लो खेलमा अविजित ९७ रन बनाएका सोनुले शतक प्रहार गर्नेक्रममा ६१ बलमा १२ छक्का र ६ चौका प्रहार गरेका थिए l

योंगस्टारको लागि कप्तान रुपेश शर्माले अविजित २३, दिपेश शाक्यले १७ तथा प्रशन्न शाक्यले १२ रन बनाए l

प्रतिउत्तरमा थाईल्याण्ड टिमले पुरा २० ओभरमा ९५/८ मात्रै बनाउन सक्यो l वान्छना युसिकले सर्बाधिक ३५ रन योगदान दिए l

बलिंग तर्फ योंगस्टारको लागि दिवान पुन र केशब प्रशाद शर्माले २-२ विकेट हात पारे l यस्तै सोनु तामांग, बिर सिंग वली र आशिष सिंगले पनि १/१ विकेट आफ्नो नाम गरे l

 

यो पनि पढ्नुस :- 

 





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]