सोनुको शतकमा थाईल्याण्ड बिरुद्ध योंगस्टारको दोश्रो ठुलो जित

विकेटनेपाल, २७ मङ्सिर

थाईल्याण्ड भ्रमणमा रहेको योंगस्टार युवा क्लब ‘दांग’ ले थाईल्याण्ड रास्ट्रिय क्रिकेट टिम बिरुद्ध दोश्रो टि-२० खेलमा १०२ रनको विजय हात पारेको छ l क्लबले यस अघिको टि-२० मा ९१ रनको जित हात पारेको थियो l

थाईल्याण्ड रास्ट्रिय टिमसंग ३ खेल मध्ये पहिलो खेल ( ५० ओभर ) मा योंगस्टारले ७ विकेटको पराजय बेहोरेको थियो l दोश्रो टि-२० संगै थाईल्याण्ड भ्रमणको सम्पूर्ण खेल सकिएको छ र टोलि बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ l

15401483_10207821591520285_890290507_n
दोश्रो खेल जितेपछि टिम सेल्फी

टेर्ड थाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिंग गरेको योंगस्टारको लागि ओपन्निंग ब्याटिंग गरेका सोनु तामांगले आक्रामक अविजित १२८ रनको इनिंग खेलेपछि निर्धारित २० ओभरमा १९६/३ को स्कोर खडा गरेको थियो l अघिल्लो खेलमा अविजित ९७ रन बनाएका सोनुले शतक प्रहार गर्नेक्रममा ६१ बलमा १२ छक्का र ६ चौका प्रहार गरेका थिए l

योंगस्टारको लागि कप्तान रुपेश शर्माले अविजित २३, दिपेश शाक्यले १७ तथा प्रशन्न शाक्यले १२ रन बनाए l

प्रतिउत्तरमा थाईल्याण्ड टिमले पुरा २० ओभरमा ९५/८ मात्रै बनाउन सक्यो l वान्छना युसिकले सर्बाधिक ३५ रन योगदान दिए l

बलिंग तर्फ योंगस्टारको लागि दिवान पुन र केशब प्रशाद शर्माले २-२ विकेट हात पारे l यस्तै सोनु तामांग, बिर सिंग वली र आशिष सिंगले पनि १/१ विकेट आफ्नो नाम गरे l

 

यो पनि पढ्नुस :- 

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy