फोटो फिचर : सोनु तामांग (बालुवाटार क्रिकेट क्लब) , फाइल फोटो
- विकेटनेपाल – ४ फाल्गुन, शुक्रवार
काठमाडौँमा जारि खुकुरी च्यालेन्जर्स टि-२० कप प्रतियोगितामा बिहिवार सम्पन्न सेमिफाइनल खेल जित्दै बालुवाटार क्रिकेट क्लब र केसिटिसी फाईनल प्रवेश गरेका छन्। प्रतियोगिताको फाइनल खेल शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिनेछ। कुल २० टिमको सहभागीता रहेको प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ पाउनेछ। यस्तै उत्कृस्ट खेलाडीले २० हजार तथा बलर/ब्याट्सम्यानले १०/१० हजार रुपैयाँ पुरस्कार पाउनेछ।
रोमान्चक खेलमा बालुवाटारको जित
मुलपानी मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा बालुवाटार क्रिकेट क्लबले शान्तिनगर युथ क्लबलाई ४ विकेटले पराजित गर्यो। बालुवाटारलाई जित दिलाउन सोनु तामांगले उत्कृस्ट प्रदर्शन गरे।
पहिले ब्याटिंग गर्दै शान्तिनगर युथ क्लबले दिएको १४८ रनको लक्ष्यको पिछा गरेको बालुवाटारले खेल सकिन ४ बल बाकीं छदाँ ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। जितमा सोनु तामांगले बिष्फोटक ब्याटिंग गर्दै अविजित ५६ रन जोडे। मात्र ३४ बल खेलेका सोनुले ३ चौका र ४ छक्का प्रहार गर्दा बालुवाटारले शानदार जीत हात पार्यो। यस्तै बालुवाटारका लागि कप्तान पृथु बास्कोटाले ३९ र प्रनित थापा मगरले २० रनको योगदान गरे।
शान्तिनगरका रामनरेश गिरी, सुनिल धमला, अजय राजबंशी, मन्जित श्रेष्ठ, मुकुन्द यादव र फिर्दोश अन्शारीले समान १-१ विकेट हात पारे पनि जित दिलाउन सकेनन्।

यसअघि बालुवाटारले टस जित्दै पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको शान्तिनगरले सिद्धान्त लोहनीको आक्रामक अर्ध शतकको बलमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४७ रन जोडेको थियो। बिष्फोटक इनिंग खेल्ने क्रममा लोहनीले मात्र ३६ बलमा ७३ रन जोडेका थिए। उनले ९ चौका र ३ छक्का प्रहार गर्दै मात्र २६ बलमा अर्धशतक पुरा गरेका थिए।
बालुवाटारको बलिंगतर्फ अमर सिंह रोउटेलाले सर्वाधिक २ विकेट हात पारेका थिए। यस्तै सिद्धान्त राज साही र क्षितिज सिंहले समान १-१ विकेट निकालेका थिए।
दोस्रो सेमिफाइनलमा केसिटिसीको सहज जित
बिहिवारनै सम्पन्न प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा केसिटिसीले रोयल पिसी फाइटरमाथि ४१ रनको सहज जित दर्ता गर्यो।
टस जित्दै पहिले ब्याटिंग गरेको केसिटिसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रन जोडेको थियो। केसिटिसीका लागि सुमित महर्जनले अविजित ५६ तथा संजय बस्नेतले २५ रन जोडेका थिए।
अर्धशतक बनाउने क्रममा सुमितले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै संजय बस्नेतले १७ बलमा ३ चौका र १ छक्काको सहयोगमा २५ रन जोडेका थिए। रोयल पिसी फाइटरका समशेर चन्द र प्रकाश बिष्टले समान २-२ विकेट लिएका थिए। यस्तै धिरज साहीले समेत १ विकेट हात पारे।

जवाफमा १६४ रनको बिजय लक्ष्य लिएर मैदान उत्रिएको रोयल पिसी फाइटरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२२ रन मात्र जोड्न सक्यो र खेलको नतिजा ४१ रनले केसिटिसीलाई सुम्पन बाध्य भयो। रोयल पिसी फाइटरको चेजमा ब्याट्सम्यानहरुले आफ्नो भूमिका निभाउन सकेनन्। सन्दिप सुनारले ५३ र सुबाश खकुरेलले १५ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहरो अंकमा रन जोड्न सकेनन्।
अर्धशतक बनाउने क्रममा सन्दिपले ३३ बलमा ७ चौका र २ छक्का प्रहार गरे। यस्तै सुबाश खकुरेलले १८ बलमा १५ रन जोडेपनि टोलिलाई जित दिलाउन सकेनन्।
केसिटिसीको बलिंगमा म्यान अफ दि म्याच संजय बस्नेतले सर्वाधिक ३ विकेट लिए। यस्तै आदील खान र नन्दन यादवले समान २-२ विकेट लिए।
त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा हुने फाईनल खेलमा केसिटिसीले बालुवाटार क्रिकेट क्लबको सामना गर्ने छ।