केन्यासंग खेल्न ५२ खेलाडी प्रारम्भिक छनौटमा, सोनु तामांग पनि अटाए

  • विकेटनेपाल – माघ ५ 

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनशिपको पाँचौं चरणको केन्या संग फाल्गुन अन्तिममा हुने खेलको लागि नेपाली टिम छनौट गर्न प्रारम्भिक चरणमा ५२ जना खेलाडीहरु छनौट गरिएको छ l

पछिल्लो १ बर्ष बिभिन्न प्रतियोगितामा गरेको प्रदर्शनको मुल्यांकन द्वारा खेलाडीहरुको छनौट गरिएको हो l

छनौट भएका ५२ जना खेलाडीहरुलाई ४ वटा समुहमा बिभाजन गरि बिहिबार देखि ( १९-२४ जनवरी ) ६ दिन सम्म सुपर लिग खेल खेलाईनेछ l ६ दिनमा ‘ए’ , ‘बि’ र ‘सी’ र ‘डी’ टिमले एक अर्कासंग गरि जम्मा ६ वटा खेल खेल्नेछन् l

सुपर लिग अन्तर्गत भएका खेलहरुको प्रदर्शनको आधारमा दोश्रो चरणमा २४ जना खेलाडी छनौट गैरिने विकेटनेपाललाई जानकारी प्राप्त भएको छ l खेलाडी छनौट आईसीसीको रोहबरमा हुनेछ l

सोनु तामांग

छनौट भएका ५२ जना खेलाडीमा यु-१९ रास्ट्रिय टिममा र ट्यालेन्ट हन्टबाट छानिएका तथा सिनियर रास्ट्रिय क्रिकेटरहरुको बाहुल्यता रहेको छ l

धनगढी क्रिकेट लिग, रुस्लान क्रिकेट र अन्य घरेलु प्रतियोगितामा ब्याटिंग तथा बलिंगमा समेत चम्किएका सोनु तामांगलाई प्रारम्भिक चरणमा टिममा स्थान दीईएको छ l यस्तै सातौ रास्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरेका रशिद खानलाई समेत टिममा स्थान दिईएकोछ l

रास्ट्रिय क्रिकेट टिमका बलर करन केसी ५२ जना भित्र परेका छैनन् l केसी घाइते भएको र केहि दिन अझै आराम गरेपछि बन्दसत्रमा सामेल हुने विकेटनेपाललाई जानकारी प्राप्त भएको छ l

केन्यासंग नेपालको खेल फाल्गुन २८ र ३० गते नेपालमै हुने भनिएपनि आईसीसीको अन्तिम निर्णय भने आउन बाँकीनै रहेको छ l

खेल तालिका :

१९ जनवरी : Team A Vs Team B
२० जनवरी : Team A Vs Team C
२१ जनवरी : Team B Vs Team D
२२ जनवरी : Team A Vs Team D
२३ जनवरी : Team B Vs Team C
२४ जनवरी : Team C Vs Team D

हेर्नुस को को परे टिममा : 

  • पारस खड्का
  • ज्ञानेन्द्र मल्ल
  • शरद भेषावकर
  • शक्ति गौचन
  • बसन्त रेग्मी
  • सोमपाल कामी
  • सागर पुन
  • अनिल मण्डल
  • राजेश पुलामी
  • बिक्रम शोब
  • सुवास खकुरेल
  • सुनिल धमला
  • सन्दीप लामिछाने
  • आरिफ शेख
  • राजु रिजाल
  • बिनोद भण्डारी
  • अविनाश कर्ण
  • प्रदीप ऐरी
  • सुशन भारी
  • दीपेन्द्र ऐरी
  • मेहबुब आलम
  • महेश क्षेत्री
  • नरेश बुढाएर
  • सिद्धान्त लोहनी
  • सन्दीप सुनार
  • ललित सिंह भण्डारी
  • जितेन्द्र मुखिया
  • दीलिप नाथ
  • आदिल खान
  • कमल सिंह ऐरी
  • आसिफ शेख
  • दिपेश श्रेष्ठ
  • किशोर महतो
  • बिक्रम कुमार भुसाल
  • सुशान्त सिंह थापा
  • मन्जित श्रेष्ठ
  • रसिद खान
  • सन्दिप ढुङ्गाना
  • प्रेम तामाङ
  • भुवन कार्की
  • हरि शंकर साह
  • पृथु बास्कोटा
  • सोनु तामाङ
  • रोहित कुमार पौडेल
  • रामनरेश गिरी
  • सुशिल कँडेल
  • अमित श्रेष्ठ
  • पवन सर्राफ
  • अभिनाश बोहरा
  • कुशल भुर्तेल
  • अमर सिंह रौटेला
  • सुवारनाकर उराव

यो पनि पढ्नुस : 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy