केन्यासंग खेल्न ५२ खेलाडी प्रारम्भिक छनौटमा, सोनु तामांग पनि अटाए

nepal cricket team
  • विकेटनेपाल – माघ ५ 

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनशिपको पाँचौं चरणको केन्या संग फाल्गुन अन्तिममा हुने खेलको लागि नेपाली टिम छनौट गर्न प्रारम्भिक चरणमा ५२ जना खेलाडीहरु छनौट गरिएको छ l

पछिल्लो १ बर्ष बिभिन्न प्रतियोगितामा गरेको प्रदर्शनको मुल्यांकन द्वारा खेलाडीहरुको छनौट गरिएको हो l

छनौट भएका ५२ जना खेलाडीहरुलाई ४ वटा समुहमा बिभाजन गरि बिहिबार देखि ( १९-२४ जनवरी ) ६ दिन सम्म सुपर लिग खेल खेलाईनेछ l ६ दिनमा ‘ए’ , ‘बि’ र ‘सी’ र ‘डी’ टिमले एक अर्कासंग गरि जम्मा ६ वटा खेल खेल्नेछन् l

सुपर लिग अन्तर्गत भएका खेलहरुको प्रदर्शनको आधारमा दोश्रो चरणमा २४ जना खेलाडी छनौट गैरिने विकेटनेपाललाई जानकारी प्राप्त भएको छ l खेलाडी छनौट आईसीसीको रोहबरमा हुनेछ l

सोनु तामांग

छनौट भएका ५२ जना खेलाडीमा यु-१९ रास्ट्रिय टिममा र ट्यालेन्ट हन्टबाट छानिएका तथा सिनियर रास्ट्रिय क्रिकेटरहरुको बाहुल्यता रहेको छ l

धनगढी क्रिकेट लिग, रुस्लान क्रिकेट र अन्य घरेलु प्रतियोगितामा ब्याटिंग तथा बलिंगमा समेत चम्किएका सोनु तामांगलाई प्रारम्भिक चरणमा टिममा स्थान दीईएको छ l यस्तै सातौ रास्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरेका रशिद खानलाई समेत टिममा स्थान दिईएकोछ l

रास्ट्रिय क्रिकेट टिमका बलर करन केसी ५२ जना भित्र परेका छैनन् l केसी घाइते भएको र केहि दिन अझै आराम गरेपछि बन्दसत्रमा सामेल हुने विकेटनेपाललाई जानकारी प्राप्त भएको छ l

केन्यासंग नेपालको खेल फाल्गुन २८ र ३० गते नेपालमै हुने भनिएपनि आईसीसीको अन्तिम निर्णय भने आउन बाँकीनै रहेको छ l

खेल तालिका :

१९ जनवरी : Team A Vs Team B
२० जनवरी : Team A Vs Team C
२१ जनवरी : Team B Vs Team D
२२ जनवरी : Team A Vs Team D
२३ जनवरी : Team B Vs Team C
२४ जनवरी : Team C Vs Team D

हेर्नुस को को परे टिममा : 

  • पारस खड्का
  • ज्ञानेन्द्र मल्ल
  • शरद भेषावकर
  • शक्ति गौचन
  • बसन्त रेग्मी
  • सोमपाल कामी
  • सागर पुन
  • अनिल मण्डल
  • राजेश पुलामी
  • बिक्रम शोब
  • सुवास खकुरेल
  • सुनिल धमला
  • सन्दीप लामिछाने
  • आरिफ शेख
  • राजु रिजाल
  • बिनोद भण्डारी
  • अविनाश कर्ण
  • प्रदीप ऐरी
  • सुशन भारी
  • दीपेन्द्र ऐरी
  • मेहबुब आलम
  • महेश क्षेत्री
  • नरेश बुढाएर
  • सिद्धान्त लोहनी
  • सन्दीप सुनार
  • ललित सिंह भण्डारी
  • जितेन्द्र मुखिया
  • दीलिप नाथ
  • आदिल खान
  • कमल सिंह ऐरी
  • आसिफ शेख
  • दिपेश श्रेष्ठ
  • किशोर महतो
  • बिक्रम कुमार भुसाल
  • सुशान्त सिंह थापा
  • मन्जित श्रेष्ठ
  • रसिद खान
  • सन्दिप ढुङ्गाना
  • प्रेम तामाङ
  • भुवन कार्की
  • हरि शंकर साह
  • पृथु बास्कोटा
  • सोनु तामाङ
  • रोहित कुमार पौडेल
  • रामनरेश गिरी
  • सुशिल कँडेल
  • अमित श्रेष्ठ
  • पवन सर्राफ
  • अभिनाश बोहरा
  • कुशल भुर्तेल
  • अमर सिंह रौटेला
  • सुवारनाकर उराव

यो पनि पढ्नुस : 





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]