सोनु तामांगको आक्रामक पारिमा धनगढीको रुपन्देहीमाथि रोमान्चक जित

Sonu Tamang
  • विकेटनेपाल, चैत्र २४ – शनिबार 

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आज भएको एकमात्र रोमान्चक खेलमा टिम चौराहा धनगढीले रुपन्देही च्यालेंजर्समाथि ३  रनको जित हात पारेको छ। प्रतियोगिता अन्तर्गत रुपन्देही च्यालेंजर्सले अहिलेसम्मका सबै ४ खेलमा पराजय व्यहोर्दै यसअघिनै प्लेअफ पुग्नबाट बन्चित भैसकेको छ भने धनगढीको चौथो खेलमा दोश्रो जित हात पार्यो र प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्यो।

स्कोरकार्ड , अङ्कतालिका

गएराती परेको अविरल बर्षा र हावा हुरीको कारणले मैदान गिलो भएपछी आजै हुने भनिएको पहिलो खेल हुन नसक्दा सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाईटेडले १/१ अंक बाड्दै अंक तालिकाको क्रमश पाचौं र दोश्रो स्थानमा रहेका छन्। खेल हुन नसकेपछि ४ खेलमा ५ अंक रहेको महेन्द्रनगरले पनि प्लेअफमा लगभग आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

आजको दोश्रो खेलमा बर्षा बाधक भएपछी १२ ओभरमा झारिएको खेल पुनः ८ ओभरमा झारिएको थियो जसमा टस जितेर पहिले बलिंग गर्ने निर्णय गरेको रुपन्देहीले जितको लागि ७७ रनको लक्ष्य पाएको थियो । तर जवाफमा ८ ओभरको समाप्तिमा ५ विकेट गुमाएर मात्र ७३ रन बनाउंदै ३ रनको हार व्यहोर्न बाध्य भयो। उसका लागि सागर पुनले ३३ रन बनाउने  क्रममा १६ बलमा ३ चौका र समान छक्का साथै दिपक प्रशादले १६ रन बनाउंदै तेस्रो विकेटको लागि ४१ रनको साझेदारी गरेपनि जितको लागि पर्याप्त हुन सकेन।

धनगढीका लागि संयुक्त अरब इमिरेट्सका कप्तान समेत रहेका रोहन मुस्ताफाले किफायती बलिंग गर्दै २ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट तथा ललितसिंह भण्डारीले १५ रन खर्चेर १ विकेट लिएका थिए।

यसअघि पहिले ब्याटिंग गरेको रुपन्देहीले सोनु तामांगको विस्फोटक ब्याटिंगमा ८ ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाएर ७६ रनको योगफल तयार पारेको थियो । सोनु तामांगले ३४ रनको पारि  खेल्न मात्र १४ बलमा १ चौका र ४ छक्का प्रहार गरेका थिए ।

रुपन्देहीका सुशन भारीले ३ विकेट लिन १४ रन तथा दिपेश श्रेष्ठले २ विकेट लिन १९ रन खर्चेपनि जितको लागि पर्याप्त हुन सकेन। खेलमा विस्फोटक ब्याटिंग गरेका सोनु तामांग म्यान अफ द म्याच घोषित भए।

Sonu Tamng ( Man of the match )
Sonu Tamng ( Man of the match )




थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]