विश्वकप खेल्ने दक्षिण अफ्रिकाको टिम घोषणा, क्रिस मोरिस परेनन्

२०७६ बैशाख ५, बिहीबार १८:०८

  • विकेटनेपाल, बैशाख ५ – बिहिबार

सन् २०१९ को मे ३० तारिखदेखि इंग्ल्याण्डमा आयोजना हुने एकदिवसीय विश्वकपको लागि दक्षिण अफ्रिकाले १५ सदस्यीय टिमको घोषणा गरेको छ।

अलराउण्डर क्रिस मोरिस र गत बर्ष अगस्टमा श्रीलंका बिरुद्द डेब्यु गरेपछि नियमित खेल्दै आएका रिजा हेन्ड्रिक्सले विश्वकपको अन्तिम १५ मा स्थान बनाउन सकेनन् । त्यस्तै विस्फोटक ब्याट्सम्यान एबी डी भिल्लियर्सको कमब्याकको सम्भावनालाई समेत ध्यानमा राखिएको थियो। उनि पनि सन्यासपछी पुनः टिममा फर्किन चाहेनन्।

टिममा पछिल्लो समय खराब प्रदर्शनबाट गुज्रिएका ओपनर ब्याट्सम्यान हसिम अमलाले पनि स्थान बनाएका छन्। त्यस्तै विकेटकिपरको रुपमा अर्का ओपनर क्विन्टन डी ककको विकल्पको रुपमा कसैलाईपनि समावेश गरिएको छैन। तथापी यदि आवश्यक परेको खण्डमा डेविड मिलरले उक्त जिम्मेवारी पुरा गर्नेछन्।

फाफ डु प्लेसिसको कप्तानीमा घोषित टिममा अनुभवी खेलाडीको रुपमा तिब्र गतिका बलर डेल स्टेन समेत रहेका छन्। स्टेनलाई कागीसो रबाडा, लुंगी एनगिडी, ड्वायन प्रेटोरियस, एन्रीच नोर्त्जे र एन्डीले फेह्लुक्कायोको साथ रहने छ।

स्पिनरको रुपमा लेग स्पिनर इमरान ताहिर र त्रबिज साम्सी रहनेछन् भने पार्ट टाइम स्पिनरको रुपमा अफ स्पिनर जेपी डुमिनी समेत छन्।

ब्याट्सम्यानको रुपमा डु पेल्सिस, अमला, डी कक, मिलर सहित एईडेन मार्क्रम र रस्सी भान डर डसेन रहेका छन्।

दक्षिफ अफ्रिकाले सन् १९९२ मा क्रिकेटमा पुनरागमन गरेपछि अहिलेसम्म भएका सम्पूर्ण ७ विश्वकपमा सहभागिता जनाएको छ। त्यसमध्ये ४ पटक सेमिफाइनलमा पुगेको प्रोटियाज २ पटक क्वाटरफाइनल र १ पटक समूह चरणबाट बाहिरिएको छ। उसले सन् २०१९ को विश्वकप अन्तर्गत प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम इंग्ल्याण्डको सामना गर्नेछ।

१५ सदस्यीय टिम:

फाफ डु प्लेसिस (कप्तान), जेपी डुमिनी, डेविड मिलर, डेल स्टेन, एन्डीले फेह्लुक्कायो, इमरान ताहिर, कगीसो रबाडा, ड्वायन प्रेटोरियस, क्विन्टन डी कक (विकेट किपर), एन्रीच नोर्त्जे, लुंगी एनगिडी, एईडेन मार्क्रम, रस्सी भान डर डसेन, हसिम अमला, त्रबिज साम्सी

यस अघिनै न्युजिल्याण्ड, भारत, अस्ट्रेलिया, बंगलादेश जस्ता टिमले बिश्वकप खेल्ने टिम सार्वजनिक गरिसकेको छ।

न्युजिल्यान्ड टिम :- केन विलियम्सन (कप्तान), टोम ब्लुण्डेल, ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम, ल्युक फर्गुसन, मार्टिन गप्तिल, म्याट हेनरी, टोम लाथम, कोलिन मुन्रो, जिम्मी निशम, हेनरी निकोलस, मिचेल स्यान्टनर, इश सोढी, टिम साउदी, रोस टेलर

भारत टिम :- बिराट कोहली ( कप्तान ) रोहित शर्मा, शिखर धवन, केएल राहुल, केदार जाधव, एमएस धोनी, दिनेश कार्तिक, विजय शंकर, हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, कुलदिप यादव, युज्भेन्द्र चहल, भुवनेश्वर कुमार, मोहम्मद शामी र जस्प्रित बुम्राह

अस्ट्रेलिया टिम :- एरन फिंच, जेसन बेरेनड्रफ, एलेक्स केरी, नेथन कुल्टर नाइल, प्याट कमिन्स, उश्मान ख्वाजा, नेथन लायन, शन मार्श, ग्लेन म्याक्स्वेल, झाए रिचार्डसन्, स्टिभ स्मिथ, मिचल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा

बंगलादेश टिम :- मोस्रफे बिन मोर्ताजा (कप्तान), तामिम इकबाल, लिटन दास, सौम्य सरकार, मुश्फिकर रहिम (विकेट किपर), महमदुल्लाह, साकिब अल हसन (उप-कप्तान), मोहम्मद मिथुन, सबिर रहमान, मोसद्देक हुसैन, मोहम्मद सैफुदीन, मेहिदी हसन मिराज, रुबेल हुसैन, मुस्ताफिजुर रहमान, अबु जायद

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy