भारतको सपना चकनाचुर, लुंगीको ६ विकेटमा दक्षिण अफ्रीकालाई सिरिज

  • विकेटनेपाल, माघ ३ – बुधबार  

भारतलाई दोश्रो टेस्टमा पनि पराजित गर्दै दक्षिण अफ्रीकाले ३ टेस्ट म्याचको सिरिज २-० ले जितेको छ।

दक्षिण अफ्रीकाको सेन्चुरियन मैदानमा घरेलु टिमले भारतलाई अन्तिम इनिंगमा जितको लागि २८७ रन दिएको थियो। लक्ष पछ्याउने क्रममा पाँचौ दिन भारतीय टिम १५१ रनमै अलआउट भएपछि दक्षिण अफ्रीकालाई उसैको घरमा पराजित गर्ने भारतको सपना पुरा हुन पाएन।

यस भन्दा अघि लगातार ९ वटा टेस्ट सिरिज जितेको भारतको १० औं टेस्ट सिरिज लगातार जित्ने सपना पनि दक्षिण अफ्रीकाले चकनाचुर बनायो।

भारतलाई पुनः हारको स्वाद चखाउन टेस्टमा डेब्यु गरेका बलर लुंगी एन्गिडी एक्लैले ६ विकेट हात पारे। मात्र १२.२ ओभर बलिंग गरेका २१ बर्षिय लुंगीले ३ मेडन ओभर फाल्दा ३९ रन खर्चेका थिए। यस्तै कासिगो रबाडाले ३ विकेट ( १४-३-४७-३ ) आफ्नो नाम गरे।

लुंगी एन्गिडी एक्लैले ६ विकेट हात पारे

भारतको लागि दोश्रो इनिंगमा रोहित शर्माले सर्बाधिक ४७ रन बनाए। चौथो दिनको समाप्तिमा ३५/३ को नाजुक अवस्थामा रहेको भ्रमण टोलिले पाँचौ दिन लन्च अघिनै बाँकी ७ ब्याट्सम्यानलाई गुमायो। रोहित शर्माले आठौँ विकेटको लागि मोहम्मद शामीसंग ५४ रनको साझेदारी गरे पनि अन्य ब्याट्सम्यानहरुले लामो साझेदारी गर्न सकेनन्।

पार्थिब पटेल  १९, चेतेश्वर पुजार १९, हार्दिक पान्ड्या ६, रबिचन्द्रन आश्विन ३, जस्प्रित बुम्रा २ तथा मोहम्मद शामी २८ रन बनाएर आउट भए। मुरली विजय ९ , केएल राहुल ४ तथा कप्तान बिराट कोहली ५ रन बनाएर अघिल्लो दिननै आउट भएका थिए।

रोहित शर्माको विकेट पछि डी भिल्लर्सको खुसि

के-के भयो टेस्टमा 

दोश्रो टेस्टमा टस जितेर दक्षिण अफ्रीकाले ब्याटिंग गर्दै पहिलो इनिंगमा ३३५ रन बनाएको थियो। भारतले पहिलो इन्निंगमा ३०७ रन बनाएपछि पहिलो इनिंगमा २८ रन अग्रता पाएको दक्षिण अफ्रीकाले दोश्रो इनिंगमा २५८ रन बनाएपछि भारतलाई टेस्ट जित्न २८७ रनको लक्ष दिएको थियो। लक्ष पछ्याउने क्रममा भारतले १५१ रन मात्रै बनाएपछि टेस्ट दक्षिण अफ्रीकाले १३५ रनले जित्यो।

दक्षिण अफ्रीका पहिलो इनिंग : ३३५ ( मारक्रम ९४, हसिम अमला ८२, डु प्लेसिस ६३ , आश्विन ४/११३, इशान्त ३/४६ )
भारत पहिलो इनिंग : ३०७ ( कोहली १५३, मोर्केल ४/६० )
दक्षिण अफ्रीका दोश्रो इनिंग : २५८ ( डी भिल्लर्स ८०, एल्गर ६१, शामी ४/४९ )
भारत दोश्रो इनिंग : १५१ ( रोहित ४७, एन्गिडी ६/३९ )

( फोटो – आईसीसी, बिसीसीआई )





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]