रोमान्चक खेलमा पाकिस्तानसँग दक्षिण अफ्रिका ७ रनले बिजयी

  • विकेटनेपाल, माघ २१ – सोमबार

दक्षिण अफ्रिका र पाकिस्तानबीच भएको दोश्रो टि२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा दक्षिण अफ्रिकाले ७ रनको रोमान्चक जित हात पारेको छ। आजको जितसँगै घरेलु टिमले ३ खेलको सिरिजमा २-० को अपराजित अग्रता लिएको छ। यस अघि भएको ३ टेस्टमा क्लिन स्विप गरेको घरेलु टिमले ५ खेलको एकदिवसीय सिरिजमा समेत ३-२ को जित निकालेको थियो।

पाकिस्तानको ब्याटिंग

जोहानेसवर्गमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १८९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएपछि ७ रनले पराजित भयो।

ओपनरद्वय बाबर अजाम र फकर ज़मानले पहिलो विकेटको लागि ४ ओभरमा ४५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। चौथो ओभरको अन्तिम बलमा फकर ज़मान १४ रन (९ बल, २ चौका) बनाउँदै ब्युरेन हेण्ड्रिक्सको बलमा जान्नेमन लहमानको हातबाट क्याच भएका थिए। त्यसपछि अजामले दोश्रो विकेटको लागि १०१ रनको साझेदारी गरे। दोश्रो विकेटको रुपमा अजाम ९० रन (५८ बल, १३ चौका, १ छक्का) बनाउँदै ब्युरेन हेण्ड्रिक्सकै बलमा जुनियर डालाको हातबाट क्याच भए।

Babar Azam celebrating his fifty

त्यसपछि हुस्सैन तलाटले पनि ५५ रन (४१ बल, ७ चौका, १ छक्का) बनाएर आउट भएपछी पाकिस्तानको ब्याटिंगमा साझेदारी हुन सकेन र लक्ष्य भेटाउन असफल रह्यो। बलिंगतर्फ फेहलुक्कायोले ३ विकेट लिन ४ ओभरमा ३६ रन खर्चिए भने ब्युरेन हेण्ड्रिक्स र क्रिस मोरिसले समान २/२ विकेट लिए।

अन्तिम ओभरको रोमान्चकत

जितको लागि अन्तिम ओभरमा १५ रन आबश्यक रहेका बेला एण्डिले फेहलुक्कायोलाई शोएब मल्लिकले पहिलो बलमा चौका र दोश्रो बलमा १ रन लिए। तेस्रो बलमा हसन अलिले १ रन लिए भने चौथो बलमा ६ रन बनाएर खेलिरहेका मल्लिक भानडर डसेनको हातबाट समातिए। पाँचौं बलमा हसन अलि पनि मात्र १ रनमा बोल्ड भए। अन्तिम बलमा मोहम्मद रिजवानले १ रन लिएपनि जितका लागि पर्याप्त हुन सकेन।

Andile Phehlukwayo

दक्षिण अफ्रिकाको ब्याटिंग

टस हारेर पहिले ब्याटिंग गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८८ रन बनाएको थियो। बिस्तारै सुरुवात गरेको घरेलु टिमले ८.४ ओभरमा ५८ रनको स्कोरमा पहिलो विकेट गुमाएको थियो। पहिलो विकेटको रुपमा जान्नेमन लहमान ३३ रन (३१ बल, ३ चौका, २ छक्का) बनाएर आउट भएका थिए।

अर्का ओपनर रिजा हेण्ड्रिक्सले २८ रन (२७ बल, ३ चौका) बनाउंदै दोश्रो विकेटको रुपमा टिमको स्कोर ९० रन हुँदा तथा टिमको स्कोर १२६ रन रहेको बेला रस्सी भानडर डसेनले आक्रमक ४५ रन (२७ बल, १ चौका, ४ छक्का) बनाएर आउट भएका थिए।

त्यसपछि चौथो विकेटको लागि डेविड मिलरले आक्रामक ६५ रन बनाउन २९ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै हेनरीच क्लासनसँग अविजित ६२ रनको साझेदारी गरेका थिए। क्लासनले ७ बलमा ५ रन बनाएका थिए।

Stand in captain David Miller wins Player of the match

पाकिस्तानका लागि इमाद वासिमले किफायती बलिंग गर्नेक्रममा ४ ओभरमा १ मेडन राख्दै मात्र ९ रन खर्चेर जान्नेमन लहमानको विकेट लिएका थिए। रस्सी भानडर डसेनलाई शाहिन शाह अफ्रिदीले आउट गर्दा रिजा हेण्ड्रिक्स रनआउट भएका थिए।

फाफ डु प्लेसिसलाई आराम दिईएको खेलमा कप्तानीको जिम्मेवारी लिएका डेविड मिलर प्लेयर अफ द म्याच घोषित भए। उनले अघिल्लो खेलमा १२ बलको सामना गर्दै मात्र १० रन बनाएपनि ४ उत्कृस्ट क्याच र २ वटा रनआउट गरेको कारण प्लेयर अफ द म्याच घोषित भएका थिए। सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम टि२० खेल बुधबार सुपरसपोर्ट पार्क, सेन्चुरियनमा हुनेछ।

(तस्बिर श्रोत: क्रिकेट दक्षिण अफ्रिका)





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]