डि कक् को अर्धशतकमा पाकिस्तान बिरुद्द दक्षिण अफ्रिकाको सिरिजमा कब्जा

पाकिस्तानको दक्षिण अफ्रिका भ्रमण अन्तर्गत भएको पाचौं तथा अन्तिम एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ। यो सँगै घरेलु टिमले सिरिज ३-२ ले आफ्नो पक्षमा पार्यो।

न्युल्याण्डमा भएको खेलमा पाकिस्तानले बनाएको २४० रनको योगफल पछ्याएको दक्षिण अफ्रिकाले मात्र ३ विकेट गुमाएर १० ओभर अगावै लक्ष्य पुरा गर्यो। घरेलु टिमका लागि क्विन्टन डि कक् ले ८३ रनको पारि खेल्दै जितको आधार तय गरे। ५८ बलको सामना गरेका उनले ११ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै १४६ रनको योगफलमा तेस्रो विकेट गुमेपछि चौथो विकेटको लागि आफ्नो डेब्यु सिरिज खेलिरहेका रस्सी भानडर डसेन र कप्तान फाफ डु प्लेसिसले समान अविजीत ५० रन प्रहार गर्दै ९५ रनको साझेदारी गरे। डसेनले ६१ बलमा मात्र ३ छक्का प्रहार गर्दा डु प्लेसिसले ७२ बलमा ३ चौका प्रहार गरे।

पाकिस्तानका उस्मान खान, सहिनशाह अफ्रिदी र मोहम्मद आमिरले समान १/१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४० रन बनाएको थियो। पाकिस्तानका फकर ज़मानले आफ्नो करियरको नबौं एकदिवसीय अर्धशतक बनाउन ७० रनको पारि खेलेका थिए। जमानले ७३ बलमा १० चौका प्रहार गर्दा अन्त्यमा इमाद वासिमले आक्रामक ४७ रनको पारि खेले। ३१ बल खेलेका वासिमले ४ चौका र २ छक्का प्रहार गरे।

बलिंगतर्फ दक्षिण अफ्रिकाका एन्डीले फेहलुक्वायोले २ विकेट लिन १० ओभरमा ४२ रन खर्चिंदा ड्वैन प्रिटोरियसले समान २ विकेट लिन ४६ रन खर्चिए। डेल स्टेन, कागीसो रबाडा र विलियम मल्डरले समान १/१ विकेट लिँदा इमरान ताहिरले किफायती बलिंग गर्दै १० ओभरमा मात्र ३६ रन खर्चिएका थिए।

खेलमा आक्रामक अर्धशतक प्रहार गर्दै दक्षिण अफ्रिकाको जितमा उत्कृस्ट सुरुवात दिलाएका विकेटकिपर तथा ओपनर ब्याट्सम्यान क्विन्टन डि कक् म्यान अफ द म्याच घोषित भएका छन्। त्यस्तै सिरिजमा सर्बाधिक धेरै रन बनाएका पाकिस्तानका ओपनर ब्याट्सम्यान इमाम उल हक म्यान अफ द सिरिज बने।

दक्षिण अफ्रिका भ्रमण अन्तर्गत यसअघि भएको ३ टेस्ट खेलको सिरिजमा ३-० को पराजय बेहोरेको पाकिस्तानले एकदिवसीय सिरिजमा पहिलो र चौथो खेल जितेको थियो। अब हुने ३ टि२० खेलको सिरिज फेब्रुअरी १ देखि सुरु हुनेछ।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy