दोश्रो एकदिवसीय दक्षिण अफ्रिकालाई, सिरिज बराबरीमा

एकदिवसीय क्रिकेटको डेब्यु सिरिज खेलिरहेका रस्सी भानडेर डसेन र एन्डीले फेहलुक्कायोले छैठौं विकेटको लागि अविजित १२७ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले सिरिजको दोश्रो खेलमा ५ विकेटको जित दर्ता गरेको छ। यसअघि भएको पहिलो खेल पाकिस्तानले जितेको थियो।

पहिलो खेलमा समेत ९० रनको पारि खेलेका डसेनले अविजित ८० रनको पारि खेले। १२३ बलको सामना गरेका उनले ९ चौका प्रहार गरे। यस्तै म्यान अफ द म्याच एन्डीले फेहलुक्कायोले आक्रामक ६९ रनको पारि खेल्दा ८० बलमा ७ चौका र २ छक्का प्रहार गरे। डेविड मिलरले ३१ रन बनाएका थिए।

पाकिस्तानका सहिन अफ्रिदीले सुरुवाती ३ विकेट झारेपछि घरेलु टिम कुनै समय २९ रनमा ३ विकेट गुमाएको थियो। अफ्रिदीले ९ ओभरमा ४४ रन खर्चे भने शादब खानले २ विकेट लिन ४६ रन खर्चे।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको पाकिस्तानले हसन अलिको अर्धशतकको मद्दतमा ४५.५ ओभरमा सबै विकेट गुमाउँदै २०३ रनको योगफल तयार पारेको थियो। दशौँ नम्बरमा आएका हसन अलिले टिमका लागि सर्बाधिक ५९ रनको पारि खेलेका थिए।

कुनै समय ११२ रनको स्कोरमा ८ विकेट गुमाएको पाकिस्तानको लागि ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अलिले नबौं विकेटको लागि कप्तान सरफराज अहमदसँग ९० रनको साझेदारी गरे। कप्तान अहमदले ४१ रन बनाउँदा ५९ बलको सामना गर्दै २ चौका हिर्काएका थिए।

त्यस्तै फकर ज़मानले २६ रन, शोएब मल्लिखले २१ रन र शादब खानले १८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

पाहुना टिमलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका लागि एन्डीले फेहलुक्कायोले ४ विकेट लिन २२ रन खर्चिए। यस्तै त्रबेज साम्सीले ३ विकेट तथा रबाडाले २ र डुवान्ने ओलिभिरले १ विकेट हातपारे।

आजको खेलसंगै सिरिज १-१ को बराबरीमा रहेको छ। ५ खेलको सिरिज अन्तर्गतको तेस्रो खेल जनवरी २५ मा खेलिनेछ।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy