सन्दिप औजी चम्किदा चटकपुर क्लवलाई यु-१६ त्रिकोणात्मक सिरिजको उपाधि

माघ,१८,धनगढी।

चटकपुर स्पोर्टस क्लव नेपालको आयोजना सुदुरपश्चिमाञ्चल एकेडेमीको प्रायोजन तथा काठमाडौको ग्रेट हिमालयन क्रिकेट एकेडेमी र बझाङको बुङ्गल क्रीकेट क्लवको सह प्रायोजनमा यहि माघ १६ गतेदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा सञ्चालनमा रहेको प्रथम यु-१६ त्रिकोणात्मक सिरिजको फाइनल खेलमा सन्दिप औजी चम्किदा आयोजक चटकपुर स्पोर्टस क्लवले उपाधि चुम्न सफल भएको छ।

प्रथम यु-१६ त्रिकोणात्मक सिरिजको फाइनल खेलमा धनगढीको स्टेपिङ स्टोन स्कुलले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप, स्टेपिङ स्टोन स्कुलले निर्धारित २० ओभरको खेलमा १५.२ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र १०२ रनमा समेटिन पुग्यो। ब्याटिङतर्फ स्टेपिङ स्टोन स्कुलका लागिअभिषेक कुँवरले १७ बलमा सर्वाधिक ३२ रन बनाउदा रोमन बिष्टले २२ बलमा १८ रन,सुदर्शन भट्टले १० बलमा ११ रन तथा विरेन्द्र चन्दले १८ बलमा १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो स्कोर छुन सकेनन्। बलिङतर्फ चटकपुर स्पोर्टस क्लव नेपालका लागि मुकेश कार्कीले ३.२ ओभरमा १३ रन खर्चंदै सर्वाधिक ४ विकेट लिन सफल हुँदा कप्तान इश्वरी बिष्टले ३ ओभरमा १ मेडेन सहित २० रन खर्चदा मनिषा चौधरीले २ ओभरमा १३ रन खर्चंदै समान २/२ विकेट लिन सफल भए।

१०३ रनको सामान्य विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको चटकपुर स्पोर्टस क्लव नेपालले निर्धारित २० ओभरमा १५.५ ओभर खेल्दै मात्र २ विकेटको क्षति १०४ रन बनाउदै रोमाञ्चक ८ विकेटको जित आफ्नो नाममा दर्ता गराउदै प्रथम यु-१६ त्रीकोणात्मक सिरिजको उपाधिमा समेत कब्जा जमाएको छ।ब्याटिङतर्फ चटकपुर स्पोर्टस क्लव नेपालका लागि सन्दिप औजीले ३४ बलमा सर्वाधिक ४६ अविजित रन बनाउदा डबल ऐरले ३८ बलमा २९ अविजित रन र विजय गुप्ताले १९ बलमा १५ रन बनाउन सफल भए। बलिङतर्फ स्टेपिङ स्टोन स्कुलका लागि विरेन्द्र चन्दले ४ ओभरमा २० रन खर्चंदै सर्वाधिक १ विकेट लिन सफल भएपनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्।

प्रथम यु-१६ त्रीकोणात्मक सिरिजको फाइनल खेल चटकपुर स्पोर्टस क्लव नेपालले ८ विकेट जित्न सफल भएको छ।खेलको GHCA म्यान अफ दी म्याच चटकपुर स्पोर्टस क्लव नेपालका सन्दिप औजी घोषित हुन सफल भए।

 

प्रथम यु-१६ त्रीकोणात्मक सिरिजको फाइनल समारोहका सभापति यस प्रतियोगिताका संयोजक दिपक रावल रहनु भएको कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रादेशिक क्रीकेट संघका कोषाध्यक्ष दिनेशबहादुर सिंह रहनु भएको हो।अन्य अथितिहरुमा सुदुरपश्चिम प्रदेश महिला क्रीकेट प्रशिक्षक जानकि भट्ट,स्टेपिङ स्टोन स्कुलका प्रशिक्षक जगदीश जोशी र टिम व्यवस्थापक स्टेपिङ स्टोन स्कुलका भरत जोशी ज्यूको उपस्थिति रहेको हो।

यस सिरिज भरि आफ्नो उत्कृष्ट प्रदर्शन कायम गरि आफ्नो टिमलाई जिताउन सफल चटकपुर स्पोर्टस क्लव नेपालका खेलाडी डबल ऐरलाइ प्लेयर अफ दी सिरिज घोषित गरिएको हो।सिरिजमा खेलाइएका चारै खेलको म्यान अफ दी म्याच अवार्ड काठमाडौको ग्रेट हिमालयन क्रीकेट एकेडेमीले तथा प्रथम हुने टोलिको लागि ट्रफी धनगढीकै सुदुरपश्चिमाञ्चल एकेडेमीले प्रायोजन गर्नुभएको हो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]