संगीताले उत्कृस्ट बलिंग गर्दा सुदुरपश्चिम ५३ रनमा सिमित

२०७७ पुष १५, बुधबार ११:५४

दाङमा जारि प्रधानमन्त्री कप राष्ट्रिय महिला टि-२० प्रतियोगिता अन्तर्गत पाँचौ दिनको समुह ‘बि’ अन्तर्गत तेश्रो खेलमा प्रदेश नम्बर-१ र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

लमही क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ८ विकेट गुमाएर ५३ रन बनाउदै प्रदेश-१ लाई ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कुहिरोको कारण खेल ढिला भएकोले १६ ओभरमा झारिएको हो। स्कोरकार्ड 

सुदुरपश्चिमको ब्याटिंगमा कविता जोशीले सर्वाधिक १४ रन बनाईन्। उनि बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। लक्ष्मी साउदले अविजित ९, रेवती धामीले ८, डली भट्टले ५ रन योगदान दिईन्।

लगातर विकेट गुमाएको सुदूरपश्चिमले २६ रनमा ७ विकेट गुमाएको थियो। त्यसपछि कबिता जोशीले आठौँ विकेटको लागि डली भट्टसंग १० रन तथा नवौं विकेटको लागि लक्ष्मी साउदसंग अविजित १७ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक योगफलतर्फ डोर्याइन।

प्रदेश-१ को बलिंगमा संगीता राईले सर्वाधिक ३ विकेट हात पारिन्। सबनम राईले २ तथा रुबिना क्षेत्री र निगिमा तामांगको नाममा १/१ विकेट रह्यो। सबनमले हात पारेको तिन वटै विकेट नवौं ओभरमा थियो जुन ओभरमा उनले मन्जु बोकटि, ऋतु कनोजिया र बिन्दु रावलको विकेट लिएकी थिईन्।

सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा हिजो गण्डकी प्रदेशलाई ६० रनले पराजित गरेको थियो भने प्रदेश-१ ले हिजो बागमती प्रदेशलाई ४६ रनले पराजित गरेको थियो। आज जित्ने टिम सेमीफाइनल पुग्ने सम्भावना बलियो हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy