नवौं राष्ट्रिय क्रिकेट : सुदुरपश्चिम र पुलिसको जित

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तरगत काठमाण्डौमा जारी ३४ औं राष्ट्रिय पुरुष टि २० क्रिकेट प्रतियोगिताको चौथा दिन आईतबार सुदुर पश्चिम र नेपाल पुलिस क्लबले जित हात पार्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भएको छ ।

आईतबार किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको सुदुरपश्चिमाञ्चलले प्रदेश नं. १ लाई १३ रनले पराजित गर्दै आफ्नो खातामा तीन अंक जोड्न सफल भएको हो । स्कोरकार्ड हेर्नुस 

सुदुर पश्चिमले ७ विकेटको क्षतीमा १४४ रन जोडेको थियो । सुदुरपश्चिमलाई जित दिलाउने क्रममा बशन्त खत्रीले ४१ बलमा ५३ रन जोडे । यस्तै मिलन बोहराले ३० बलमा ४४ र लोकेन्द्र चन्दले ११ बलमा २४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । यस्तै बलिङ्ग तर्फ प्रदेश १ का फिरदोश अन्सारीले ४ ओभरमा १७ रन दिएर ३ विकेट हात पारे । यस्तै दिपेश कँडेलले ४ ओभरमा २७ रनका साथ २ विकेट र कमल खत्रीले ४ औभरमा २३ रन १ विकेट हात पारे ।

१४५ रनको लक्ष पक्षाएको प्रदेश नं. १ ले निधारित ओभरमा ७ विकेटको क्षतीमा १३१ रन मात्र जोड्न सफल भयो । दिपेश कँडेल ३१ बलमा ३४ रन जोड्दै नटआउट रहे, फिरदोश अन्सारीले ३१ बलमा ३३ रन, सोनु मण्डलले १४ बलमा २६ रनका साथ नटआउट रहे र संदीप ढुंगानाले १४ बलमा १३ रन जोडे । प्रदेश १ लाई पराजित गर्ने क्रममा म्यान अफ द म्याच मिलन बोहराले ४ ओभरमा १५ रनका साथ २ विकेट लिए । यस्तै हेमन्त धामी, लोकेन्द्र चन्द, शेर मल्ल, नरेन साउद र नारायण जोशीले एक एक विकेट लिए ।

किर्तिपुर मैदानमानै भएको दोश्रो खेलमा नेपाल पुलिस क्लबले कणार्ली प्रदेश माथि ९ विकेटको जित हात पा¥यो । टस जितेर फिल्डिङ्ग रोजेको पुलिसले कर्णाली प्रदेशलाई १९.३ ओभरमा ८५ रनमा अलआउट गर्न सफल भयो । स्कोरकार्ड हेर्नुस 

कर्णालीका रविन्द्र शाहीले ४१ बलमा २७ रन जोडे । यस्तै विपिन रावलले ३३ बलमा १७ रन जोडे भने अन्य खेलाडी दोहोरो अंक जोड्न सकेनन् । पुलिसका दिपेन्द्र सिंह ऐरीले ३.३ ओभरमा १७ रन दिंदै ३ विकेट लिए । ललित राजबंशीले ४ ओभरमा २० रन दिंदै ३ विकेट लिए । यस्तै सागर ढकाल र मञ्जित श्रेष्ठले दुई दुई विकेट लिए ।

८६ रनको लक्ष लिएर मैदान प्रवेश गरेको पुलिस क्लबले १०.४ ओभरमा लक्ष भेटायो । पुलिसका सुनिल धमलाले २४ बलमा ४ चौकार ३ छक्काको मद्धतले ४४ रन र कुशल भुर्तेलले ४० बलमा ५ चौका र १ छक्काको मद्धतले ३९ रन जोडे । पुलिसको एक मात्र विकेट प्रकाश जैशीले लिए । उनले ३ ओभरमा २० रन दिए । यस्तै दिनेश अधिकारीले १.४ ओभरमा २१ रन, अनुज चुनाराले १ ओभरमा १६ रन, दिवान पुनले ४ ओभरमा १५ रन र रविन्द्र शाहीले १ ओभरमा १५ रन दिए ।

प्रतियोगिताको म्यान अफ दि म्याच पुलिसका लतिल राजबंशी घोषित भए । आज पनि बर्षाका कारण मुलपानीस्थित क्रिकेट मैदानमा हुने भनिएका खेल खेल सुरु हुनु अगावै स्थगित भयो । मुलपानीमा हुने भनेको बागमती प्रदेश र एनआरएनए स्पोर्टस् क्लब तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशले खेल हुन नसके पछि अंक बाड्न बाध्य भए । प्रत्येक टिमले नियम बमोजिम १÷१ अंक बाँडे ।





थप समाचार

आइपीएल : कोलकता र पञ्जाब खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र पञ्जाब किंग्सबीच खेल हुदैछ । काृलकाताको घरेलु मैदान इडन […]

हैदराबादमाथि बेंगलुरुको जित, बेंगलुरुविरुद्ध चलेन हैदराबादको ब्याटिङ

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४१ औं खेलमा सनराईजर्स हैदराबादमाथि रोयल च्यालेन्जर्स बेंगलुरुले जित निकालेको छ […]

बेंगलुरुद्वारा हैदराबादलाई २०७ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४१ औं खेलमा सनराईजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुबाट २ सय ७ […]

गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप : मधेश र कर्णाली विजयी

काठमाडौं । जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत बिहिवार सम्पन्न दुई खेलमा मधेश प्रदेश र कर्णाली प्रदेशले जित […]

आइपीएल : बेंगलुरु र हैदराबाद खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच खेल हुदै छ । हैदराबादको घरेलु […]

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । शनिबारबाट काठमाडौंमा सुरु हुने वेस्ट इन्डिज ए विरुद्ध को पाँच खेलको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको […]