सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना प्रदेशका राष्ट्रिय क्रिकेटर तीन जना खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले नेपाललाई टी-२० विश्वकपमा पुगाउन भूमिका खेलेको भन्दै दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई प्रदेश सरकारले पाँच/पाँच लाख दरले पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् ।
शाहले दोस्रो किसान सहकारी लम्की जेसीज क्रिकेट कप २०८० को समापन समारोह गर्दै तीन जना खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गर्दै राशिसमेत तोकेका हुन् ।
शाहले क्रिकेटर ऐरीलाई भने एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएकाले थप एक लाख रुपैयाँ प्रदान गरिने बताएका छन् ।