एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डः दीपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी

‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा क्रिकेटका दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू सर्वोकृष्ट खेलाडी घोषणा भएका छन्।

खेलकुद पत्रकार मञ्च कैलालीका आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमीको प्रायोजन र सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको मुख्य प्रबद्र्धनमाभएको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका ऐरी र कबड्डीकी बडू सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।

क्रिकेटका ऐरीसँगै भलिबलका टेकराज अवस्थी र भारात्तोलनका सागर भण्डारी वर्ष पुरुष खेलाडीको मनोनयनमा परेका थिए। कबड्डीकी बडुसँगै वर्ष खेलाडी महिलाको मनोनयनमा क्रिकेटकी कविता जोशी र भलिबलकी निरुता ठगुन्ना परेकी थिइन्। यो विधाका उत्कृष्ट खेलाडी पुरुष र महिलाले ३५/३५ हजार प्राप्त गरेका छन्।

कबड्डीका बिष्णुदत्त भट्ट वर्ष प्रशिक्षक भएका छन्। वर्ष प्रशिक्षक विधामा भारात्तोलनका जीवन गौतम र एथलेटिक्सका रामचन्द्र जोशी मनोनयनमा परेका थिए। यो विधाका उत्कृष्ट भएका प्रशिक्षकले ३० हजार प्राप्त गरे। वर्ष युवा खेलाडी भारात्तोलनका हेमन्त पाल भए। यो विधामा फुटबलका कुशल देउवा र क्रिकेटका आकाश चन्द मनोनयनमा परेका थिए। यो विधाका बिजेताले २५ हजार प्राप्त गरे।

सुदूरपश्चिम आइकन पुरुष विधामा क्रिकेटका नरेन भट्ट विजयी भएका छन्। यो विधामा एथलेटिक्सका आशिष महर र शारिरीक सुगठनका रञ्जित लामा मनोनयनमा परेका थिए। सुदूरपश्चिम आइकन महिला विधामा एथलेटिक्सकी देवकी धामी बिजेता भएकी छिन्। यो विधामा क्रिकेटकी मनिषा बोहोरा र फुटबलकी विर्सना चौधरी मनोनयनमा परेकी थिईन्।

सुदूरपश्चिम आइकन पुरुष र महिला विधाका विजेताले २०÷२० हजार प्राप्त गरेका छन्। ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को लाइफटाइम अचिभमेन्ट अवार्ड तेक्वान्दो प्रशिक्षक गोविन्द बिष्टले पाएका छन्। उनले नगद २५ हजार प्राप्त गरे। स्पेशल अवार्ड पौडीका अथर्व सिंह र कराँतेका प्रदीप वैजाली मगरले संयुक्त रुपमा पाए। उनीहरुले जनही साढे १२÷१२ हजार प्राप्त गरे।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]