सप्तरी प्रिमियर लिगको दोश्रो सिजन आयोजना हुने, अक्सनको लागि खेलाडी दर्ता सुरु

सप्तरी प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगिताको दोश्रो सिजन आयोजना हुने भएको छ।

सप्तरी क्रिकेट संघले आयोजना गर्ने लिगको पहिलो सिजन गत वर्ष असारमा आयोजना गरिएको थियो। दोश्रो सिजनको अधिकारिक मिति तय नभए पनि यही जेठ महिनाको अन्तिममा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता पछि सप्तरी प्रिमियर लिगको दोश्रो सिजन सुरु हुने सप्तरी क्रिकेट संघका सचिब आयुश श्रेष्ठले विकेटनेपाललाई जानकारी गराउनु भएको छ।

प्रतियोगिताको लागि खेलाडीहरुको चयन अक्सन मार्फत गरिनेछ जसको लागि खेलाडीले आफ्नो नाम दर्ता गर्नु पर्नेछ। नाम दर्ता गर्न संघले अनलाइन फर्मको व्यवस्था गरेको छ जसमा खेलाडीहरुले आफ्नो विवरण भर्नुपर्नेछ। खेलाडीहरुले इसेवा नम्बर ९८०४१५४९६४ मा ३०० रुपैयाँ फि तिर्नु पर्नेछ जसपछि सोहि नम्बरमा आफ्नो फोटो पठाउनु पर्नेछ। यो लिंकमा गएर फर्म भर्नुहोला 

प्रतियोगितामा सहभागी टिममा कुल १४ जना खेलाडी हुनेछन् जसमध्ये ४ जना खेलाडीहरु सप्तरी जिल्ला बाहिरको पनि हुनेछ। अक्सनमा सहभागी हुनको लागि सबै खेलाडीहरुले अनिवार्य फर्म भर्नुपर्नेछ।

Champion Bajaj Khadak Warriors
पहिलो सिजनको उपाधि बजाज खडक वारियर्सले जितेको थियो

सचिव श्रेष्ठका अनुसार दोश्रो सिजन लिगमा ५ देखि ६ वटा टिम सहभागी गराउने प्रयास भइरहेको छ। गत सिजन बजाज खडक वारियर्स, बोदे बर्साईन थन्डर्स र तिलाठी कोइलाडी गरि ३ वटा टिम सहभागी रहेका थिए। उक्त सिजन विवेक यादब कप्तान रहेको बजाज खडक वारियर्सले जितेको थियो।

पहिलो सिजन उपाधि विजेताले १ लाख ५१ हजार तथा उपविजेताले ८१ हजार रुपैयाँ प्राप्त गरेको थियो। गत सिजन मेहबुब आलम, हासिम अन्सारी, सिद्धान्त लोहनी, हरिशंकर शाह, बिक्रम भुसाल, राशिद खान, पुष्प थापा जस्ता राष्ट्रिय खेलाडीहरु प्रतियोगितामा सहभागी थिए।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy