सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत बिहिबार सम्पन्न पहिलो खेलमा कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई ६ विकेटले पराजित गरेको छ।
राज रंगशालामा सम्पन्न खेलमा टिभीएस किंग्स राजविराजले दिएको १६२ रनको लक्ष्य रुपनी राईडर्सले १६.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।
रुपनी राईडर्सको लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५२ रन बनाए जुन क्रममा ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै अमित यादवले ३१ बलमा ५ चौका र २ छक्का मद्दतले ४५ रन तथा लोकेश बमले १२ बलमा ४ छक्का र १ चौका प्रहार गर्दै अविजित ३५ रन बनाए। निरज मुखियाले २३ रन बनाए।
टिभीएस किंग्सको बलिंगमा रोहित सिंह, दिनेश अधिकारी, सुरज कुर्मी र मेहबुब आलमले समान १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग रोजेको टिभीएस किंग्स राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६१ रन बनाएको थियो।
टिभीएस किंग्सको लागि ओपनर सोनु अन्सारीले सर्वाधिक ४५ रन योगदान दिए जुन क्रममा ४० बलमा ८ चौका प्रहार गरे। सुरज कुर्मीले २७ रन, मेहबुब आलमले २३ रन, आसिफ शेखले १६ रन तथा रोबिन सिंह र सुदर्शन सिंहले समान १२ रन बनाए।
रुपनी राईडर्सको बलिंगमा लोकेश बमले सर्वाधिक २ विकेट लिए। यस्तै फिर्दोश अन्सारी, सुनिल धमला, सुमित झा, अनिल यादव र अनुज कुमार यादवले समान १ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच रुपनी राईडर्सका लोकेश बम चुनिए।
जित पछि ४ खेलमा ३ जित र १ हार बेहोरेको रुपनी राईडर्स अंकतालिकामा ६ अंक सहित शिर्षस्थानमा उक्लेको छ। १ खेल खेल्न बाँकी रहेको बजाज खडक वारियार्स र तिलाठी कोईलाडी जायन्टसको समान ४ अंक रहेको छ। हार पछि टिभीएस किंग्स राजविराज ३ खेलमा १ जित र २ हार बेहोर्दै २ अंक सहित चौथो स्थानमा रहेको छ। स्कोरकार्ड , अंकतालिका
धेरैले पढेको
https://wicketnepal.com/sandeep-to-play-england-vitality-blast-wn21/
https://wicketnepal.com/spl-day-4-news-rashid-wn21/
https://wicketnepal.com/spl-anil-shah-doshro-shatak-wn21/