सप्तरी प्रिमियर लिग : रुपनी राईडर्सको जितमा लोकेश बमको अलराउण्ड योगदान

सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत बिहिबार सम्पन्न पहिलो खेलमा कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई ६ विकेटले पराजित गरेको छ।

राज रंगशालामा सम्पन्न खेलमा टिभीएस किंग्स राजविराजले दिएको १६२ रनको लक्ष्य रुपनी राईडर्सले १६.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

रुपनी राईडर्सको लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५२ रन बनाए जुन क्रममा ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै अमित यादवले ३१ बलमा ५ चौका र २ छक्का मद्दतले ४५ रन तथा लोकेश बमले १२ बलमा ४ छक्का र १ चौका प्रहार गर्दै अविजित ३५ रन बनाए। निरज मुखियाले २३ रन बनाए।

टिभीएस किंग्सको बलिंगमा रोहित सिंह, दिनेश अधिकारी, सुरज कुर्मी र मेहबुब आलमले समान १ विकेट लिए।

कुशल भुर्तेलले अर्धशतक बनाए

यस अघि टस जितेर ब्याटिंग रोजेको टिभीएस किंग्स राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६१ रन बनाएको थियो।

टिभीएस किंग्सको लागि ओपनर सोनु अन्सारीले सर्वाधिक ४५ रन योगदान दिए जुन क्रममा ४० बलमा ८ चौका प्रहार गरे। सुरज कुर्मीले २७ रन, मेहबुब आलमले २३ रन, आसिफ शेखले १६ रन तथा रोबिन सिंह र सुदर्शन सिंहले समान १२ रन बनाए।

रुपनी राईडर्सको बलिंगमा लोकेश बमले सर्वाधिक २ विकेट लिए। यस्तै फिर्दोश अन्सारी, सुनिल धमला, सुमित झा, अनिल यादव र अनुज कुमार यादवले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच रुपनी राईडर्सका लोकेश बम चुनिए।

जित पछि ४ खेलमा ३ जित र १ हार बेहोरेको रुपनी राईडर्स अंकतालिकामा ६ अंक सहित शिर्षस्थानमा उक्लेको छ। १ खेल खेल्न बाँकी रहेको बजाज खडक वारियार्स र तिलाठी कोईलाडी जायन्टसको समान ४ अंक रहेको छ। हार पछि टिभीएस किंग्स राजविराज ३ खेलमा १ जित र २ हार बेहोर्दै २ अंक सहित चौथो स्थानमा रहेको छ। स्कोरकार्डअंकतालिका 

धेरैले पढेको 

https://wicketnepal.com/sandeep-to-play-england-vitality-blast-wn21/

https://wicketnepal.com/spl-day-4-news-rashid-wn21/

https://wicketnepal.com/spl-anil-shah-doshro-shatak-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy