राशिद खान चम्किंदा कन्चनरुप राइनोज सप्तरी प्रिमियर लिगको फाइनलमा

कन्चनरुप राइनोज सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिगको पाँचौ संस्करणको फाइनल पुगेको छ। उपाधिको लागि उसले यस अघिनै फाइनलमा स्थान पक्का गरिसकेको बजाज खडक वारियर्ससंग सोमबार प्रतिस्पर्धा गर्नेछ।

लिग चरणको सम्पूर्ण खेलहरु समाप्त हुँदा बजाज खडक वारियर्स ५ खेलमा ४ जित पछि ८ अंक सहित शिर्ष स्थानमा रह्यो। कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स र रुपनी राइडर्सको समान ६ अंक रहेता पनि नेट रन रेटमा अघि रहँदै कन्चनरुप फाइनल प्रवेश गर्यो। छिन्नमस्ता तेश्रो, रुपनी राइडर्स चौंथो स्थानमा रह्यो। बलान बिहुल ४ अंक सहित पाँचौ स्थानमा रहंदा डिफेन्डिङ च्याम्पियन राजविराज द किंग जितविहिन रहँदै पुछारमा रह्यो।

पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा आइतबार सम्पन्न जित्नै पर्ने खेलमा कन्चनरुप राइनोजले बजाज खडक वारियर्सलाई ३ विकेटले पराजित गर्यो। लिगको अन्तिम खेलमा वारियर्सले दिएको ६३ रनको लक्ष्य राइनोजले ७ विकेट गुमाउदै १२.१ ओभरमा पुरा गर्यो।

कन्चनरुपको ब्याटिंगमा राशिद खानले सर्वाधिक ३२ रन योगदान दिए जुन क्रममा उनले २५ बलमा १ चौका र ३ छक्का प्रहार गरे। खराब सुरुवात गरेको राइनोजले २१ रन बनाउदा ६ विकेट गुमाएको थियो। उक्त अवस्थामा आठौँ नम्बरमा ब्याटिंग गर्दै राशिदले टिमलाई जितसम्म पुर्याए। वारियर्सका बलर दिनेश अधिकारीले ४ विकेट लिएता पनि जित्न पर्याप्त रहेन।

यस अघि टस हारेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले १४.३ ओभरमा ६२ रनमा सबै विकेट गुमायो। वारियर्सको लागि बिशाल सुश्लिंगले सर्वाधिक २४ रन बनाए। कन्चनरुपको बलिंगमा प्लेयर अफ द म्याच घोषित राशिद खानले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १२ रन खर्चिए। पप्पु यादवले २ तथा चित्र बिस्ट, नारायण जोशी र सुमित श्रेष्ठले १/१ विकेट लिए।

Rashid Khan

आइतबारनै सम्पन्न पहिलो खेलमा छिन्नमस्ता लायन्सले बलान बिहुल सुपर किंग्सलाई २६ रनले पराजित गर्यो। १२५ रनको लक्ष्य पछ्याउने क्रममा बलान बिहुलले १६.४ ओभरमा ९८ रनमा सबै विकेट गुमायो।

बलान बिहुलको लागि कप्तान पवन सर्राफले सर्वाधिक २५ रन योगदान दिए। छिन्नमस्ताका बलर नितेश यादवले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १९ रन खर्चिए। यादव प्लेयर अफ द म्याच समेत घोषित भए। यस्तै रेवती रे र पप्पु यादवले २/२ तथा कमल खत्री र शरद भेसावकरले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १२४ रन बनायो। उसको लागि कप्तान शरद भेसावकरले सर्वाधिक ४७ रन बनाए जुन क्रममा उनले अविजित रहँदै ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरे। शुभ कंसाकारले २० तथा राहुल मण्डलले १४ रन बनाए। बलान बिहुलका बलर रुपेश सिंह र रोबिन सिंहले २/२ तथा बसिर अहमद, पवन सर्राफ र विकास दासले १/१ विकेट लिए।

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेताले तिन लाख रुपैयाँ, उपविजेताले एक लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछ। यस्तै प्लेयर अफ द सिरिजले २५ हजार रुपैयाँ, उत्कृस्ट ब्याटर र बलरले १५ हजार रुपैयाँ तथा उदयमान खेलाडीले क्रिकेट किट प्राप्त गर्ने संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी गराए।





थप समाचार

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]

क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा

काठमाडौं । महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरलाई हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा प्रवेश गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार […]