सप्तरी प्रिमियर लिगको अक्सन सम्पन्न , कुन टिममा को-को खेलाडीहरु छन्

यही चैत १० गते देखि सुरु हुने चौंथो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको अक्सन आइतबार राजविराजमा सम्पन्न भएको छ।

प्रतियोगितामा सहभागी पाँच टोलिले १३९ जना खेलाडी माथि बोलि लगाएका थिए। पूर्व राष्ट्रिय क्रिकेटर पवन दासले अक्सन संचालन गरेका थिए।

अक्सनमार्फत पाँच टिमले कुल ६५ जना खेलाडी टिममा भित्र्याएका छन्। अक्सनमा सबैभन्दा बढी मूल्य राष्ट्रिय क्रिकेटर भुवन कार्कीले पाए। देब्रे हाते स्पिन अलराउण्डरलाई सुनिल धमला मार्की खेलाडी रहेको टिम तिलाठी कोइलाडी जायन्टसले २० हजार रुपैयाँ खर्चियो। यस्तै अन्डर-१९ राष्ट्रिय क्रिकेटरहरु सन्तोष कार्की, तृत राज दास, दिपेश कंडेल १५ हजार रुपैयाँमा बिक्रि भए। यस्तै युवा क्रिकेटर  मुकुन्द यादव र अमित यादवले पनि १५ हजार रुपैयाँ पाए।

एउटा टिमले अक्सनमा मार्की खेलाडी र लोकल आइकन खेलाडी आवद्ध गरेको रकम बाहेक एक लाख ३१ हजार रुपैयाँ खर्च गर्न पाउने नियम थियो। अक्सनमा सबै भन्दा बढी रकम डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सले एक लाख १४ हजार २५० रुपैयाँ खर्चियो।

अक्सनमा सहभागी खेलाडीहरुलाई बिभिन्न चारवटा श्रेणीमा विभाजित गरिएको थियो। ए ग्रेडमा रहेका खेलाडीहरुलाई बेस प्राइस ८ हजार देखि अधिकतम २१ हजार रुपैयाँ सम्म बोलि लागेको थियो। यस्तै बि श्रेणीका खेलाडीहरुलाई ५ देखि १८ हजार सम्म, सी श्रेणीका खेलाडीहरुलाई ३ हजार ५ सय देखि ९ हजार रुपैयाँ सम्म तथा ‘डी’ श्रेणीका खेलाडीहरुलाई २ हजार ५ सय देखि ७ हजार ५ सय रुपैयाँसम्म बोलि लागेको थियो। टिमहरुले ए ग्रेडबाट दुई जना मात्र खेलाडी तथा बि, सी र डी ग्रेडबाट समान चार जना खेलाडी टिममा राख्न पाउने नियम थियो।

यस अघिनै आयोजकले प्रत्येक टिमको मार्की र लोकल आइकन खेलाडी घोषणा गरिसकेको थियो। मार्की खेलाडीले २७ हजार रुपैयाँ पाउनेछन् भने लोकल आइकनले टिमसंग सम्झौता अनुसार रकम पाउनेछन्।

तिलाठी कोइलाडीको मार्की खेलाडी सुनिल धमला र लोकल आइकन आशिष झा, बजाज खडक वारियर्सको मार्की खेलाडी सिद्धान्त लोहनी र लोकल आइकन गोमानन्द अमात्य , टिभीएस किंग्स राजविराजको मेहबुब आलम र लोकल आइकन रोहन विक, राजविराज द किंगको मार्की खेलाडी दिलिप नाथ र लोकल आइकन अनिल कुमार यादव छन् भने राजविराज ब्रदर्सको मार्की खेलाडी अनिल कुमार शाह र लोकल आइकन विक्रम धोज कार्की छन्। प्रत्येक टिममा सप्तरी बाहिरका ५ जना खेलाडी राख्न पाउने नियम छ।

अक्सन पछि कुन टिम कस्तो बन्यो : 

बजाज खडक वारियर्स : सिद्धान्त लोहनी ( मार्की खेलाडी ) रु. २७,००० , गोमानंद अमात्य – रु.६,५०० , राज वर्मा रु. ५,०००, नितेश कुमार यादव – रु. ५,०००, विशाल यादव – रु. ५,०००, गुलाम मोइज – रु. २,५००, रोबिन सिंह- रु. ७,५००, राहुल मण्डल – रु. ७,५००, श्रवन यादव – रु. ४,२५० , मुकुन्द यादव – रु. १५,००० , अविनाश कर्ण – रु. १४,००० , अमिको यादव – रु. ५,००० , मिनाश थापा – रु. ५,००० , अमन यादव – रु. २,५०० , सफल थापा मगर – रु. २,५००

टिभीएस किंग्स राजविराज : मेहबुब आलम ( मार्की खेलाडी ) रु. २७,००० , कृष्ण चौधरी – रु. ३,५००, पप्पु यादव – रु. ५,००० , रोहन विक – रु. ८,००० , विवेक कुमार चौरसिया – रु. २,५००, मोहम्मद सकिम – रु. २,५०० , भुलावन सहानी – रु. ३,५०० , शेख इमरान – रु. ३,५०० , पप्पु यादव बि – रु. ७,५०० , दिनेश अधिकारी – रु. ५,००० , विशाल सुश्लिंग – रु.५००० , हसिम अन्सारी – रु. ५०००, मनिष मण्डल – रु. ३,५०० , दिपेश ससरदार – रु. ३,५०० , मोहम्मद सदाम – रु. २,५००

राजविराज ब्रदर्स : अनिल शाह ( मार्की खेलाडी ) रु. २७,००० , पार्थिव प्रशाद यादव – रु. ४,२५०, चन्द्र प्रकाश मेहता – रु. ३,२५० , कौशल कुमार मिश्रा – रु. २,५०० , विक्रम धोज कार्की – रु. ८,०००, चन्द्रकान्त पौडेल – रु. २,५०० , निरज कुमार यादव – रु. ७,५०० , अजय यादव  – रु. ४,५०० , धिरज कुमार दास – रु. ३,५०० , अनुज चनारा – रु. ५,००० , प्रशान्त सिंह – रु. ५,००० , दिपेश कंडेल – रु. १५,००० , अमित कुमार यादव – रु. १५,००० , विजय यादव – रु. २,५०० , विकास दास – रु. २५००

राजविराज किंग्स : दिलिप नाथ ( मार्की खेलाडी ) रु. २७,००० , अनिल यादव – रु. ८,००० , भोला शाह – रु. ५,००० , संजित शाह – रु. ३,५०० , अमननाथ मण्डल – रु. २,५०० , साकेत सिंह – रु. २,५०० , रुपेश कुमार सिंह – रु. ७,५०० , रोहित कुमार सिंह – रु. ७,५०० , चित्र बहादुर बिस्ट – रु. ३,५०० , तृत राज दास – रु. १५,००० , फिर्दोश अन्सारी – रु. ५,५०० , सन्तोष कार्की – रु. १५,००० , मुकेश क्कुमार यादव – रु. ५,०००, अजय बम – रु. २,५०० , प्रविन यादव – रु. २,५००

तिलाठी कोइलाडी जायन्टस : सुनिल धमला ( मार्की खेलाडी ) रु. २७,००० , अमित मण्डल – रु. ५,०००, अजय मारिक – रु. २,५०० , अविशेक कार्की – रु. ५,००० , आशिष झा – रु. ८,००० , गोपाल मण्डल – रु. २,५०० , नितेश यादव – रु. ७,५०० , जितेन्द्र कुमार यादव – रु. ७,५०० , विकास दास – रु. ७,५०० , भुवन कार्की – रु. २०,००० , भिम यादव – रु. २,५०० , धिरज मण्डल – रु. २,५०० , योगेन्द्र सिंह कार्की – रु. ५,००० , रोशन विश्वकर्म – रु. ३,५०० , राहुल गुप्ता – रु. २,५००

सप्तरी प्रिमियर लिगको विजेताले  तिन लाख रुपैयाँ तथा उपविजेता टिमले एक लाख पचार हजार रुपैयाँ प्राप्त गर्नेछन्।

लिगको खेलहरु राजविराज स्थित राज रंगशालामा आयोजना हुनेछ जहाँ खेल हेर्न दर्शकहरुले टिकट काट्नु पर्नेछ। प्रतियोगिताको लागि मैदानको तयारी सुरु भइसकेको छ। एक साता चल्ने प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलीनेछ।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]