सप्तरी प्रिमियर लिगको अक्सन आज

सप्तरी क्रिकेट संघको आयोजनामा यही चैत्र १० गते देखि सप्तरीको राजविराजमा सुरु हुने चौंथो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग टि-२० ( एसपीएल ) प्रतियोगिताको लागि खेलाडी चयन गर्न अक्सन आज हुँदैछ। अक्सन कृष्ण पार्टी प्यालेस राजविराजमा विहान ११ बजे सुरु हुनेछ।

पाँच टोलि सहभागी रहेको प्रतियोगितामा एउटा टिममा १६ जना खेलाडीहरु रहनेछन् त्यसमध्ये १४ जना खेलाडीको चयन अक्सनमार्फत हुनेछ भने प्रत्येक टिमको मार्की र लोकल आइकन खेलाडी आयोजकद्वारा चुनिएको छ।

प्रतियोगितामा टिभीएस किंग्स राजविराज, तिलाठी कोइलाडी जायन्टस , बजाज खडक वारियर्स, राजविराज द किंग, राजविराज ब्रदर्श गरि  कुल पाँच टोलि सहभागी छन्।

सहभागी सबै टिमले आफ्नो मार्की र लोकल आइकन खेलाडीको घोषणा गरिसकेका छन्। तिलाठी कोइलाडीको मार्की खेलाडी सुनिल धमला र लोकल आइकन आशिष झा, बजाज खडक वारियर्सको मार्की खेलाडी सिद्धान्त लोहनी र लोकल आइकन गोमानन्द अमात्य , टिभीएस किंग्स राजविराजको मेहबुब आलम र लोकल आइकन रोहन विक, राजविराज द किंगको मार्की खेलाडी दिलिप नाथ र लोकल आइकन अनिल कुमार यादव छन् भने राजविराज ब्रदर्सको मार्की खेलाडी अनिल कुमार शाह र लोकल आइकन विक्रम धोज कार्की छन्।

अक्सनमा कुल १३९ जना खेलाडीले नाम दर्ता गराएका छन्। प्रत्येक टिममा ५ जना खेलाडी सप्तरी जिल्ला बाहिरको हुनेछन्।

अक्सनमा सिनियर राष्ट्रिय तथा अन्डर-१९ क्रिकेटरहरु सहभागी छन्। राशिद खान, भुवन कार्की, अनिल खरेल, अविनाश कर्ण, दिपेश कंडेल, विशाल बिक्रम केसी, हसिम अन्सारी, नन्दन यादव, योगेन्द्र सिंह कार्की, बसिर एहमद जस्ता खेलाडी माथि बोलि लाग्नेछ।

अक्सनमा सहभागी खेलाडीहरुलाई चार ग्रेडमा विभाजित गरिएको छ। ‘ए’ ग्रेड मा राष्ट्रिय क्रिकेट टिमको लागि खेलेका खेलाडीहरु, ‘बि’ ग्रेडमा कम्तिमा ५ वटा राष्ट्रिय प्रतियोगिताहरु तथा उमेर समुह राष्ट्रिय टिमको लागि खेलेका खेलाडीहरु, ‘सी’ ग्रेडमा कम्तिमा जिल्ला टिमको लागि खेलेका खेलाडीहरु तथा ‘डी’ ग्रेडमा जिल्ला स्तरीय प्रतियोगिता खेलेका खेलाडीहरु समाबेश रहेका छन्।

ए ग्रेडमा रहेका खेलाडीहरुलाई बेस प्राइस ८ हजार देखि अधिकतम २१ हजार रुपैयाँ सम्म बोलि लाग्नेछ। यस्तै बि श्रेणीका खेलाडीहरुलाई ५ देखि १८ हजार सम्म, सी श्रेणीका खेलाडीहरुलाई ३ हजार ५ सय देखि ९ हजार रुपैयाँ सम्म तथा ‘डी’ श्रेणीका खेलाडीहरुलाई २ हजार ५ सय देखि ७ हजार ५ सय रुपैयाँसम्म बोलि लाग्नेछ। एक भन्दा बढी टिमले एकै खेलाडीको लागि अधिकतम मूल्यमा बोलि लगाएको खण्डमा गोला प्रथाद्वारा टिमको चयन हुनेछ।

टिमहरुले ए ग्रेडबाट दुई जना मात्र खेलाडी तथा बि, सी र डी ग्रेडबाट समान चार जना खेलाडी टिममा राख्न पाउनेछ।

प्रतियोगिताको विजेता टिमले तिन लाख रुपैयाँ तथा उपविजेता टिमले एक लाख पचार हजार रुपैयाँ प्राप्त गर्ने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले जानकारी गराएका छन्।

लिगको खेलहरु राजविराज स्थित राज रंगशालामा आयोजना हुनेछ जहाँ खेल हेर्न दर्शकहरुले टिकट काट्नु पर्नेछ। प्रतियोगिताको लागि मैदानको तयारी सुरु भइसकेको छ।

एक साता चल्ने प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलीनेछ।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]