छैठौं संस्करणको सप्तरी प्रिमियर लिग सुरु, छिन्नमस्ता लायन्स विजयी 

सप्तरीको राजविराजमा छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग सुरु भएको छ।

पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा छिन्नमस्ता लायन्सले कन्चनरुप राइनोजलाई २२ रनले पराजित गर्यो। स्कोरकार्ड 

छिन्नमस्ताले दिएको १८८ रनको विशाल लक्ष्य पछ्याएको कन्चनरुपले १९.४ ओभरमा १६५ रनमा सबै विकेट गुमायो।

कन्चनरुपको लागि राशिद खानले सर्वाधिक ४७ रन योगदान दिएता पनि जितको लागि पर्याप्त रहेन। २९ बलमा खानले ३ चौका र ४ छक्का प्रहार गरे। दिनेश अधिकारीले २० बलमा १ चौका र ४ छक्का मद्दतले ३१ रन बनाए। अभिषेक गौतम र चित्र बहादुर बिस्टले समान २३ रन बनाए। लक्ष्य पछ्याउने क्रममा ५९ रनमा ७ विकेट गुमाएको अवस्थामा राशिद र दिनेशले ५६ रनको साझेदारी गरेता पनि जितको लागि पर्याप्त रहेन।

छिन्नमस्ताको बलिंगमा विशाल पटेलले सर्वाधिक ४ विकेट लिए। प्लेयर अफ द म्याच घोषित पटेलले ४ ओभरमा १३ रन बनाए। मोहम्मद सोहेलले ३, सुमित नेवारले २ तथा फिर्दोश अन्सारीले १ विकेट लिए।

छिन्नमस्ताका देब्रे हाते पेसर बिशाल पटेलले ४ विकेट लिए

यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८७ रनको योगफल तयार गर्यो।
छिन्नमस्ताको लागि सुमित नेवारले आक्रामक ब्याटिंग गर्दै मात्र १८ बलमा ३ चौका र ४ छक्का मद्दतले ४३ रन बनाए। राष्ट्रिय क्रिकेटर समेत रहेका भिम शार्कीले १६ बलमा ३० रन योगदान दिए जुन क्रममा उनले ४ चौका र १ छक्का प्रहार गरे। यस्तै राज वर्माले २३ बलमा २६ रन, विशाल पटेलले १० बलमा १९ रन तथा रोहन विकले १४ बलमा १८ रन योगदान दिए। कन्चनरुप राइनोजको बलिंगमा उमेश कुमार चौधरी र राहुल मण्डलले समान ३ विकेट लिए। उमेशले ४ ओभरमा २८ रन तथा राहुलले ४ ओभरमा ३७ रन खर्चिए। राशिद खान र दिनेश अधिकारीले १/१ विकेट लिए।

राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत प्रविनले ब्याटिंग तथा कन्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले बलिंग गर्दै प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो।

प्रतियोगिता अन्तर्गत शनिवार दुई खेल हुनेछन्। विहान ९ बजे सुरु हुने पहिलो खेल बलान बिहुल सुपर किंग्स र राजविराज राजदेवी एघार तथा दिउँसो १ बजे सुरु दोश्रो खेलमा तिरुहट टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी प्रतिस्पर्धा गर्नेछन्।

जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन्। कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन्। राउण्ड रोबिन लिग अन्तर्गत संचालन हुने लिग अन्तर्गत सबै टिमले एक अर्कासंग १/१ खेल खेलीसकेपछि समुहको शिर्ष-४ टिम बीच प्ले-अफमा प्रतिस्पर्धा हुनेछ।

राष्ट्रिय क्रिकेटरहरु बिनोद भण्डारी, भिम शार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, राशिद खान जस्ता राष्ट्रिय क्रिकेटरहरु बिभिन्न टिमको प्रतिनिधित्व गर्दै खेल्नेछन्।





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]