एसपीएल : ३३ रनको लक्ष्य पछ्याउन नसक्दा तिलाठी कोइलाडी पराजित

मेयर कप सप्तरी प्रिमियर लिग-२ अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा मेहबुब आलम कप्तानीको रुपनी राइडर्सले तिलाठी कोइलाडी जायन्टसलाई ५ रनले पराजित गरेको छ।

वर्षाको कारण मैदान भिजेकोले ढिला सुरु भएको खेल ५/५ ओभरमा छोट्याएर खेलाइएको थियो।

टस हारेर ब्याटिंग गरेको रुपनी राइडर्सले निर्धारित ५ ओभरमा ८ विकेट गुमाएर ३२ रनको योगफल तयार गरेको थियो। लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीले विकेट नगुमाए पनि ५ ओभरमा मात्र २७ रन बनाउन सक्यो।

सुनिल धमला र कप्तान रोहन बिक क्रमशः ११ र १२ रनमा अविजित रहे पनि जित दिलाउन सकेनन्। अन्तिम ओभरमा जितको लागि ११ रन आवश्यक हुँदा सैदुल्लाह अन्सारीले मात्र ५ रन खर्चिन पुगे। अन्तिम बलमा आवस्यक ६ रन सुनिल धमलाले प्रहार गर्न सकेनन्।

Sunil Dhamala

रुपनीका बलर गोमानंद अमात्यले १ ओभरमा मात्र ४ रन,  प्लेयर अफ द म्याच चुनिएका अनोज यादबले २ ओभरमा ८ रन तथा सैदुल्लाह अन्सारीले २ ओभरमा १३ रन खर्चिए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा रुपनीको लागि मेहबुब आलमले सर्वाधिक १० रन बनाउन ४ बलमा १ चौका र १ छक्का प्रहार गरेका थिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्।

तिलाठी कोइलाडीका बलर अनिल यादबले ३ विकेट , रोहित सिंहले २ विकेट तथा कमल ओलीले १ विकेट लिए। स्कोरकार्ड 

Anoj Yadav

प्रतियोगिताको सोमबार सम्पन्न उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सलाई बोदे बर्साइन  थण्डर्सले पराजित गरेको थियो।

लिगमा कुल ५ टिम सहभागी रहेका छन्। बजाज खडक वारियर्सको मार्की खेलाडी राजेश पुलामी, रुपनी राइडर्सकाका मेहबुब आलम, बोदे बर्साईनका मन्जित श्रेष्ठ, तिलाठी कोइलाडीका सुनिल धमला तथा डाक्नेश्वरी ड्रयागन्सका पुष्प थापा मार्की खेलाडी रहेका छन्।

प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलाइनेछ। लिग चरणमा सबै ५ टिमले एक अर्कासंग खेल्नेछन् जसपछि अंकतालिकामा उत्कृस्ट हुने २ टिमले असार ८ गते फाइनल खेल्नेछ। लिगको विजेता टिमले २ लाख तथा उप-विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगिता असार २ देखि ८ गतेसम्म संचालन हुनेछ।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]