एसपीएल : एकै खेलमा बन्यो ४३४ रन र २ शतक , मेहबुब कप्तानीको रुपनी फाइनलमा

सप्तरीमा जारि मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता अन्तर्गत पाँचौ दिन सम्पन्न २ खेलमा रुपनी राइडर्स र डाक्नेश्वरी ड्रागन विजयी भएका छन्। रुपनी राइडर्सले बोदे बर्साइन थन्डर्सलाई तथा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई पराजित गर्यो।

आज जित हाँसिल गर्दै रुपनी राइडर्सले ४ खेलमा ३ जित र १ नतिजाविहिन अंक सहित ७ अंक बटुली प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ। लिगको अन्तिम खेलमा शनिबार तिलाठी कोइलाडी र डाक्नेश्वरी ड्रागन बीच खेल हुनेछ जसको विजेता टिमले फाइनलमा स्थान बनाउनेछ।

एकै खेलमा बन्यो २ शतक र ४३४ रन , रुपनी राइडर्सको विशाल जित 

शुक्रबार सम्पन्न दोश्रो खेलमा रुपनी राइडर्सले ११२ रनले पराजित गर्यो। यस क्रममा २ जना ब्याट्सम्यानले शतक बनाए भने खेलमा कुल ४३४ रन पनि बन्यो।

पहिले ब्याटिंग गर्दै रुपनी राइडर्सले दिएको २७४ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साइनले १८.३ ओभरमा सबै विकेट गुमाएर १६१ रन मात्र बनाउन सक्यो।

बोदे बर्साइनको लागि कप्तान मन्जित श्रेष्ठले अविजित ६६ रन बनाए जुन क्रममा ३९ बलमा ४ चौका र ६ छक्का प्रहार गरे। अमित यादबले ३१ तथा बिधान गोश्वामीले २२ रन बनाए। रुपनीको बलिंगमा गोमानंद अमात्यले ३ विकेट तथा अनोज यादब र प्रदिप पासवानले २/२ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको रुपनी राइडर्सले २० ओभरमा १ विकेट गुमाएर २७३ रनको विशाल योगफल तयार गरको थियो।

Santosh Karki

सन्तोष कार्की र सोनु अन्सारीले रुपनीको लागि शतकीय इनिंग खेल्ने क्रममा विस्फोटक ब्याटिंग गरे। सन्तोषले १०० रन बनाउन ४५ बलमा ५ चौका र ११ छक्का प्रहार गरे।

Sonu Ansari

सोनु अन्सारीले अविजित ११४ रन बनाउन ५६ बलमा ५ चौका र १३ छक्का प्रहार गरे। दुवै ब्याट्सम्यान बीरगंजका हुन्। इनिंगको अन्तिम तिर मेहबुब आलमले पनि अविजित अर्धशतक बनाए जुन क्रममा २० बलमा ७ छक्का र १ चौका प्रहार गरे।

Mehboob Alam

बोदे बर्साइनको बलिंगमा मन्जित श्रेष्ठले १ मात्र विकेट लिएपनि ४ ओभरमा ६४ रन खर्चिए। ओपन राइले ४ ओभरमा ५५, अमित यादबले २ ओभरमा ४५ तथा बिधान गोश्वामीले ४ ओभरमा ५१ रन खर्चिए।

खेलको प्लेयर अफ द म्याच सन्तोष कार्की चुनिए । स्कोरकार्ड 

डाक्नेश्वरीको जितमा बिशाल सुश्लिंग उत्कृस्ट 

दिनको पहिलो खेलमा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई ५ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै बजाज खडक वारियर्सले दिएको १२३ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले मात्र ५ विकेट गुमाएर १८.५ ओभरमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा डाक्नेश्वरीका ओपनर बिशाल सुश्लिंगले सर्वाधिक ६६ रन बनाए जुन क्रममा ५२ बलमा ८ चौका र १ छक्का प्रहार गरे। यस्तै कप्तान प्रेम तामांगले अविजित २१ तथा राहुल मण्डल र अभिनाश कर्णले १२/१२ रन बनाए।

वारियर्सका बलर संसाद शेख, नन्दन झा, मनिष मण्डल र अमित दासले १/१ विकेट लिए।

Bishal Sushling

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा ८ विकेट गुमाएर १२२ रनको योगफल तयार गरको थियो।

कप्तान राजेश पुलामीले वारियर्सको लागि सर्वाधिक ७४ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। पुलामीले उक्त रन बनाउन ४५ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए। १०.२ ओभरमा ५२/५ को अवस्थाबात पुलामीले संसाद शेखसंग छैठौं विकेटको लागि ४८ रनको साझेदारी गरेका थिए। संसादले ९ रन बनाए।

Rajesh Pulami

डाक्नेश्वरी ड्रागनको लागि राहुल मण्डल र रोबिन सिंहले समान २/२ विकेट लिए। यस्तै चित्र बहादुर बिस्ट, बिशाल सुश्लिंग र प्रेम तामांगले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बिशाल सुश्लिंग चुनिए।

सप्तरी क्रिकेट संघद्वारा आयोजित लिगमा कुल ५ टिम सहभागी रहेका छन्। बजाज खडक वारियर्सको मार्की खेलाडी राजेश पुलामी, रुपनी राइडर्सकाका मेहबुब आलम, बोदे बर्साईनका मन्जित श्रेष्ठ, तिलाठी कोइलाडीका सुनिल धमला तथा डाक्नेश्वरी ड्रयागन्सका पुष्प थापा मार्की खेलाडी रहेका छन्। लिगको विजेता टिमले २ लाख तथा उप-विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ। असार २ सुरु भएको प्रतियोगिता ८ गतेसम्म संचालन हुनेछ।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]