एसपीएल-२ दोश्रो दिन : डाक्नेश्वरी र रुपनी राइडर्सको जित

सप्तरीको राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग-२ प्रतियोगिताको दोश्रो दिन सम्पन्न २ वटा खेलमा मेहबुब आलम कप्तानीको रुपनी राइडर्स र पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागनले जित हाँसिल गरेको छ।

पब्लिक विन्देश्वरी स्कुल मैदानमा सम्पन्न दिनको दोश्रो खेलमा पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागनले मन्जित श्रेष्ठ कप्तानीको बोदे बर्साइनलाई ७ विकेटले पराजित गर्यो।

खेलमा पहिले ब्याटिंग गर्दै बोदे बर्साइनले दिएको ११९ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले १८ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।

Puspa Thapa , Bishal Sushling

जितमा बिशाल सुश्लिंगले अविजित ३५ रन बनाए भने कप्तान पुष्प थापाले अविजित २९ र दिपेश कंडेलले २४ रन बनाए। बिशाल र दिपेशले तेश्रो विकेटको लागि ४५ रनको तथा पुष्प र बिशालले चौथो विकेटको लागि ३९ रनको अविजित साझेदारी गरे।

बोदे बर्साइनको लागि बलिंगमा मिनास थापा , ओपन राइ र मन्जित श्रेष्ठले १/१ विकेट लिए।

Player of the match Dipesh Kandel

यस अघि टस जितेर ब्याटिंग गरेको बोदे बर्साइन थण्डर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रनको योगफल तयार गरेको थियो। उसको लागि कप्तान मन्जित श्रेष्ठले सर्वाधिक २४, मुकुन्द यादबले २०, पवन दासले १५ तथा आदर्श यादबले अविजित १७ रन बनाए।

डाक्नेश्वरीका बलर चित्र बहादुर थापा, रोबिन सिंह र दिपेश कंडेलले समान २/२ विकेट लिए। स्कोरकार्ड 

पहिलो खेल – ३३ रनको लक्ष्य पछ्याउन नसक्दा तिलाठी कोइलाडी पराजित 

यस अघि दिनको पहिलो खेलमा खेलमा मेहबुब आलम कप्तानीको रुपनी राइडर्सले तिलाठी कोइलाडी जायन्टसलाई ५ रनले पराजित गर्यो।

वर्षाको कारण मैदान भिजेकोले ढिला सुरु भएको खेल ५/५ ओभरमा छोट्याएर खेलाइएको थियो।

टस हारेर ब्याटिंग गरेको रुपनी राइडर्सले निर्धारित ५ ओभरमा ८ विकेट गुमाएर ३२ रनको योगफल तयार गरेको थियो। लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीले विकेट नगुमाए पनि ५ ओभरमा मात्र २७ रन बनाउन सक्यो।

Sunil Dhamala

सुनिल धमला र कप्तान रोहन बिक क्रमशः ११ र १२ रनमा अविजित रहे पनि जित दिलाउन सकेनन्। अन्तिम ओभरमा जितको लागि ११ रन आवश्यक हुँदा सैदुल्लाह अन्सारीले मात्र ५ रन खर्चिन पुगे। अन्तिम बलमा आवस्यक ६ रन सुनिल धमलाले प्रहार गर्न सकेनन्।रुपनीका बलर गोमानंद अमात्यले १ ओभरमा मात्र ४ रन, प्लेयर अफ द म्याच चुनिएका अनोज यादबले २ ओभरमा ८ रन तथा सैदुल्लाह अन्सारीले २ ओभरमा १३ रन खर्चिए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा रुपनीको लागि मेहबुब आलमले सर्वाधिक १० रन बनाउन ४ बलमा १ चौका र १ छक्का प्रहार गरेका थिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्।

तिलाठी कोइलाडीका बलर अनिल यादबले ३ विकेट , रोहित सिंहले २ विकेट तथा कमल ओलीले १ विकेट लिए। स्कोरकार्ड 

Anoj Yadav

प्रतियोगिता अन्तर्गत तेश्रो दिनको पहिलो खेलमा बजाज खडक वारियर्स र तिलाठी कोइलाडी तथा दोश्रो खेलमा रुपनी राइडर्स र डाक्नेश्वरी ड्रागनले प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा कुल ५ टिम सहभागी रहेका छन्। बजाज खडक वारियर्सको मार्की खेलाडी राजेश पुलामी, रुपनी राइडर्सकाका मेहबुब आलम, बोदे बर्साईनका मन्जित श्रेष्ठ, तिलाठी कोइलाडीका सुनिल धमला तथा डाक्नेश्वरी ड्रयागन्सका पुष्प थापा मार्की खेलाडी रहेका छन्।

प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलाइनेछ। लिग चरणमा सबै ५ टिमले एक अर्कासंग खेल्नेछन् जसपछि अंकतालिकामा उत्कृस्ट हुने २ टिमले असार ८ गते फाइनल खेल्नेछ। लिगको विजेता टिमले २ लाख तथा उप-विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।

 

 





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]