सप्तरी प्रिमियर लिग : सुपर ओभरमा टिभीएस किंग्स विजयी

तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत दोश्रो दिन सोमबार सम्पन्न दुईवटा खेलमा तिलाठी कोइलाडी जायन्टस र टिभीएस किंग्स राजविराजले जित हात पारेका छन्।

राज रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा दिपेन्द्र ऐरी कप्तान रहेको तिलाठी कोइलाडी जायन्टसले विवेक यादव कप्तानीको बजाज खडक वारियर्सलाई ४ विकेटले पराजित गर्यो। स्कोरकार्ड , अंकतालिका  राज रंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिएको १०० रनको लक्ष्य तिलाठी कोइलाडी जायन्टसले १७.४ ओभरमा ६ विकेट क्षेतीमा पुरा गर्यो।

तिलाठी कोइलाडी जायन्टसको लागि ओपनर आशिष झाले सर्वाधिक ६५ रन बनाए जुन क्रममा ५० बलमा ८ चौका र ३ छक्का प्रहार गरे। दिपेश कंडेलले अविजित १३ रन बनाए। कप्तान दिपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाउन सके।

बजाज खडक वारियर्सको बलिंगमा भुलावन सहानीले सर्वाधिक ३ विकेट लिए भने अनिल खरेल, विवेक यादव र पवन सर्राफले समान १ विकेट लिए।

आशिष झा

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रन बनाएको थियो।

वारियर्सको लागि अनिल शाहले सर्वाधिक २२ रन, कप्तान विवेक यादवले २१ रन, पवन सर्राफ र निरज यादवले समान १४ रन तथा पप्पु यादवले १० रन बनाए।

तिलाठी कोइलाडी जायन्टसको बलिंगमा दायाँ हाते फास्ट बलर आदील अन्सारीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ३.३ ओभरमा २० रन खर्चिए। राशिद खान र दिपेश कंडेलले समान २ विकेट लिए जुन क्रममा दुवै बलरले ४ ओभरमा मात्र १३ रन खर्चिए। कप्तान दिपेन्द्र सिंह ऐरी र मनिष मण्डलले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच तिलाठी कोइलाडीका आशिष झा चुनिए।

सुपर ओभरमा टिभीएस किंग्स विजयी 

दिनको दोश्रो खेलमा मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजले सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साईन थन्डर्सलाई सुपर ओभरमा पराजित गर्यो। स्कोरकार्ड , अंकतालिका 

टिभीएस किंग्स राजविराजले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईन थन्डर्सले २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। अन्तिम ओभरमा जितको लागि ६ रन आवस्यक रहंदा टिभीएस किंग्सका पेस बलर कमल खत्रीले ५ रन खर्चेका थिए। अन्तिम बलमा जित्न २ रन आवस्यक रहंदा सिद्धान्त लोहनीले १ रन मात्र बनाउन सकेका थिए।

कमल खत्री

सुपर ओभरमा पहिले ब्याटिंग गरेको बोदे बर्साईनले ५ बलमा २ विकेट गुमाएर मात्र ४ रन बनाएको थियो। ५ रनको लक्ष्य टिभीएस किंग्सले ३ बलमा भेटायो।

बोदे बर्साईन थन्डर्सको ब्याटिंगमा योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४६ रन बनाए जुन क्रममा उनले २५ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै अविनाश कर्णले ४३ बलमा ४ चौका मद्दतले ४२ रन बनाए। नारायण जोशीले २२ रन तथा अमित दासले १७ रन बनाए।

टिभीएस किंग्सको बलिंगमा रोहित सिंह र दिनेश अधिकारीले समान २ विकेट तथा मेहबुब आलम र सुरज कुर्मीले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको टिभीएस किंग्स राजविराजले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १५६ रन बनाएको थियो।

दिनेश अधिकारी

टिभीएस किंग्सको लागि दिनेश अधिकरीले सर्वाधिक ५१ रन योगदान दिए जुन क्रममा उनले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै सोनु अन्सारीले ३० रन, सुरज प्रसाद कुर्मीले २५ रन, प्रशान्त सिंहले २१ रन तथा रोबिन सिंहले अविजित १० रन बनाए। कप्तान मेहबुब आलम खाता नखोली आउट भए।

बोदे बर्साईन् थन्डर्सको बलिंगमा बिशाल सुश्लिंग, बसन्त रेग्मी र सिद्धान्त लोहनीले समान २ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच दिनेश अधिकरी चुनिए।

अंकतालिका 

लिग अन्तर्गत मंगलबार पनि दुई खेल संचालन हुनेछन्। बिहान ९ बजे सुरु हुने पहिलो खेलमा रुपनी राईडर्स र तिलाठी कोइलाडी जायन्टस तथा दिउसो १ बजे सुरु हुने दोश्रो खेलमा बोदे बर्साईन् थन्डर्स र बजाज खडक वारियर्सले प्रतिस्पर्धा गर्नेछन्।

धेरैले पढेको 

https://wicketnepal.com/rashtriy-cric-lai-dav-le-training/

https://wicketnepal.com/rashtriy-crik-parishramik-paune-wn21/

https://wicketnepal.com/lalitpur-mayor-womens-champ-chaitra-21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy