सप्तरी प्रिमियर लिग तेश्रो दिन : छिन्नमस्ता र कन्चनरुप विजयी 

२०८० असार ५, मंगलवार १७:०५

सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिगको तेश्रो दिन सम्पन्न दुई खेलमा शरद भेसावकर कप्तानीको छिन्नमस्ता लायन्स र अविनाश कर्ण कप्तानीको कन्चनरुप राइनोज विजयी भएका छन्। दुवै टिमको यो पहिलो जित हो।

दिनको पहिलो खेलमा छिन्नमस्ता लायन्सले राजविराज द किंगलाई ३६ रनले पराजित गर्यो।

पब्लिक विन्देश्वरी मैदानमा छिन्नमस्ताले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा राजबिराज द किंगले १९ ओभरमा सबै विकेट गुमाएर १२२ रन बनायो। उसको लागि अभिषेक कार्कीले सर्वाधिक ४१ रन बनाए। बिक्रम सोबले २८ तथा तृत राज दासले १८ रन बनाए।

टस हारेर ब्याटिंग गरेको छिन्नमस्ताले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १५८ रन बनायो।

छिन्नमस्ताको लागि राहुल मण्डलले सर्वाधिक ५० रन बनाए जुन क्रममा प्लेयर अफ द म्याच समेत घोषित उनले ४० बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै शुभ कंसाकारले १९ बलमा ३२ रन बनाए। हिमांशु दत्ता र पप्पु यादवले समान १६ रन बनाए। कप्तान शरद भेसावकरले ११ रन बनाए।

राजविराजको बलिंगमा अभिषेक कार्की , तृत राज दास र सन्तोष कार्कीले २/२ तथा बिक्रम सोबले १ विकेट लिए।

Rahul mandal

दिनको दोश्रो खेलमा कन्चनरुप राइनोजले बलान बिहुल सुपर किंग्सलाई ७ विकेटले पराजित गर्यो। बलान बिहुलले दिएको १३८ रनको लक्ष्य १५ ओभरमा ३ विकेट क्षेतीमा भेटायो।

कन्चनरुपको लागि अमित यादवले सर्वाधिक ६७ रन बनाए जुन क्रममा ४२ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। सुमित श्रेष्ठले अविजित २७, राकेश कामतले २३ रन तथा अविनाश कर्णले २१ रन बनाए। चौंथो विकेटको लागि अमित र सुमितले अविजित ६७ रनको साझेदारी गरे। बसिर अहमदले २ तथा रोबिन सिंहले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बलान बिहुल सुपर किंग्सले १७.१ ओभरमा सबै विकेट गुमाएर १३७ रन बनायो। उसको लागि पवन सर्राफले सर्वाधिक ५० रन बनाए जुन क्रममा २७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। बसिर अहमदले २० तथा हसिम अन्सारीले १३ रन बनाए। कन्चनरुपको बलिंगमा राशिद खान, चित्र बिस्ट, पप्पु यादव र सुमित श्रेष्ठले २/२ विकेट लिए।

प्रतियोगिता अन्तर्गत चौंथो दिन बुधबार दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ बजे राजविराज द किंग र बजाज खडक वारियर्स तथा दोश्रो खेलमा दिउँसो १ बजे कन्चनरुप राइनोज र रुपनी राइडर्स प्रतिस्पर्धा गर्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy