एसपीएल : भिजेको आउटफिल्डका कारण दुवै खेल टस नभई स्थगित

सप्तरीको राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग-२ अन्तर्गत बिहिबारको दुवै खेल वर्षाले भिजेको मैदानका कारण स्थगित भएका छन्।

बजाज खडक वारियर्स र रुपनी राइडर्स तथा बोदे बर्साइन थण्डर्स र तिलाठी कोइलाडी बीचको खेल टस पनि नभइ रोकिंदा ४ वटै टिमले १-१ अंक बाड्न बाध्य भए।

बिहिबार बिहान परेको अविरल वर्षाले पब्लिक बिदेश्वारी मैदान पूर्णतया भिजेपछि नेपाली सेना तथा आयोजक सप्तरी क्रिकेट संघले दिनभर मैदान सुकाउने प्रयास गरेको थियो। उक्त प्रयासका वावजुद फिल्ड खेल्न योग्न नभएको म्याच रेफ्रीले घोषणा गरेका थिए।

खेल नभएपछि अंकतालिकामा रुपनी राइडर्स ३ खेलमा २ जित र १ बराबरी अंक सहित ५ अंक सहित शिर्ष स्थानमा रहेको छ। यस्तै बोदे बर्साइन ३ खेलमा १ जित १ हार र १ बराबरी अंक सहित ३ अंक बटुली दोश्रो स्थानमा रहेको छ। बजाज खडक वारियर्सको भने ३ खेलमा २ हार र १ खेल बराबरी हुँदा उत्कृस्ट २ हुँदै फाइनल पुग्ने सम्भावना सकिएको छ।

प्रतियोगिता अन्तर्गत भोलि शुक्रबार रुपनी राइडर्स र बोदे बर्साइन थन्डर्स बीच पहिलो तथा डाक्नेश्वरी ड्रागन र बजाज खडक वारियर्स बीच दोश्रो खेल हुनेछ।

सप्तरी क्रिकेट संघको आयोजना र राजविराज नगरपालिकाको मुख्य प्रयोजनमा असार २ देखि ८ गतेसम्म संचालन हुने लिगमा कुल ५ टिम सहभागी रहेका छन्। बजाज खडक वारियर्सको मार्की खेलाडी राजेश पुलामी, रुपनी राइडर्सकाका मेहबुब आलम, बोदे बर्साईनका मन्जित श्रेष्ठ, तिलाठी कोइलाडीका सुनिल धमला तथा डाक्नेश्वरी ड्रयागन्सका पुष्प थापा मार्की खेलाडी रहेका छन्।

प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलाइनेछ। लिग चरणमा सबै ५ टिमले एक अर्कासंग खेल्नेछन् जसपछि अंकतालिकामा उत्कृस्ट हुने २ टिमले असार ८ गते फाइनल खेल्नेछ। लिगको विजेता टिमले २ लाख तथा उप-विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy