राजविराज राजदेवी रोयल र तिरहुट टाइगर्स सप्तरी प्राइड लिगको फाइनलमा

राजविराज राजदेवी रोयल र तिरहुट टाइगर्स सप्तरीको राजविराजमा जारि सातौँ संस्करणको मेयर कप सप्तरी प्राइड लिगको फाइनलमा प्रवेश गरेका छन्।

निरन्तर वर्षाका कारण बुधबारका दुवै सेमीफाइनल खेल रद्द हुँदा समुह चरणमा दुई समुहका विजेता टिम फाइनल प्रवेश गरेका हुन्। उपाधिको लागि रोयल र डिफेन्डिङ च्याम्पियन समेत रहेको टाइगर्स बिहिबार प्रतिस्पर्धा गर्नेछन्।

राजविराज राजदेवी रोयल र खडक वारियर्स बीचको आजको पहिलो सेमीफाइनल तथा तिरहुट टाइगर्स र कन्चनरुप राइनोज बीचको दोश्रो सेमीफाइनल खेल दुवै निरन्तर वर्षाका कारण सम्भव हुन सकेन। दुवै खेलको टस समेत हुन सकेन।

८ टिम सहभागी प्रतियोगिताका टिमहरुलाई दुई समुहमा बिभाजन गरिएको थियो। समुह ‘ए’ को विजेताको रुपमा ३ खेलमा ५ अंक सहित राजविराज राजदेवी रोयल सेमीफाइनल प्रवेश गरेको थियो। यस्तै समुह ‘बि’ बाट ३ खेलमा ६ अंक सहित समुह विजेताको रुपमा तिरहुट टाइगर्स सेमीफाइनल प्रवेश गरेको थियो। समुह ‘ए’ बाट ३ खेलमा ४ अंक बटुल्दै समुह उप-विजेताको रुपमा कन्चनरुप राइनोज तथा समुह ‘बि’ बाट ३ खेलमा ४ अंक बटुल्दै समुहको उप-विजेताको रुपमा खडक वारियर्स सेमीफाइनल प्रवेश गरेको थियो।

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy