यही चैत्र ८ गते देखि सप्तरीको राजविराजमा सुरु हुने तेश्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरिएको छ।
लिगको आयोजक सप्तरी क्रिकेट संघले बिहिबार सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा चैत्र ८ गते कुशल भुर्तेल मार्की खेलाडी रहेको रुपनी राईडर्स र सिद्धान्त लोहनी मार्की खेलाडी रहेको बोदे बर्साईन थन्डर्सले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा पाँच वटा टिम सहभागी रहेका छन् जसले सिंगल राउण्ड रोबिन फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन्। सबै टिमले एकअर्का बिरुद्ध एक-एक खेल खेली सकेपछि अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टिमले चैत्र १४ गते शनिवार फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
लिगको पहिलो दिन एक खेल मात्र हुनेछ जसपछि चैत्र ९ गते देखि १२ गते सम्म दुईवटा खेल खेलिनेछ। चैत्र १३ गते लिगको अन्तिम एक खेल हुनेछ।
लिगको खेलहरु राजविराज स्थित राज रंगशालामा संचालन हुनेछन्। दर्शकहरुले खेल हेर्नको लागि टिकट काट्नु पर्नेछ।
खेलतालिका

प्रतियोगितामा सहभागी सबै पांच टोलिले मार्की खेलाडीको रुपमा बिभिन्न राष्ट्रिय क्रिकेटरहरुलाई तथा लोकल आईकनको रुपमा स्थानीय खेलाडीलाई समाबेश गरेका छन्। अन्य खेलाडीको चयन बुधबार आयोजित अक्सनबाट गरिएको थियो।
लिगमा तिलाठी कोइलाडीको दिपेन्द्र ऐरी मार्की र आशिष झा लोकल आइकन , बजाज खडक वारियर्सको पवन सर्राफ मार्की र बिबेक यादव लोकल आइकन , रुपनी राईडर्सको कुशल भुर्तेल मार्की र अनुज कुमार यादव लोकल आइकन , टिभीएस किंग्स राजविराजको मेहबुब आलम मार्की र रोहित कुमार सिंह आइकन तथा बोदे बर्साईन थन्डर्सको सिद्धान्त लोहनी मार्की र विकास दास लोकल आइकन रहेका छन्।
मार्की खेलाडीहरु बाहेक राष्ट्रिय खेलाडीहरु बसन्त रेग्मी, आसिफ शेख, सुनिल धमला, अनिल खरेल, लोकेश बम, योगेन्द्र सिंह कार्की, अविनाश कर्ण जस्ता खेलाडीहरु बिभिन्न टिमबाट लिग खेल्नेछन्।
लिगको विजेताले ३ लाख रुपैयाँ तथा उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ पाउने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी गराएका छन्।
सम्बन्धित
https://wicketnepal.com/spl-3-auction-news-wn21/
https://wicketnepal.com/romanchak-khel-rsser-in-wi/
https://wicketnepal.com/afg-vs-zim-wn21-1st-t20i-317/
