गल्याङलाई स्याङ्जा क्रिकेट लिग उपाधि

दोस्रो पुरुष अन्तरपालिका स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङ नगरपालिकाले जितेको छ ।

पुतलीबजार नगरपालिका– १३, मातृभूमि खेलमैदानमा यहि माघ ३० देखी सुरु भएको प्रतियोगितामा आँधीखोला गाउँपालिकालाई २४१ रनको फराकिलो अन्तरले पराजित गर्दै गल्याङले उपाधि उचालेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको गल्याङले निर्धारित ४० ओभरमा आठ विकेट गुमाएर ३१८ रन जोडेको थियो । गल्याङका लागि १०९ बलको सामना गर्नु भएका दिपेशले आठ चौका र तीन छक्काको मद्दतमा १०१ रन जोडे ।

३१९ रनको विशाल लक्ष्य पछ्याएको आँधीखोलाले १६.२ ओभरमा सबै विकेट गुमाउदै ७७ रनमा सिमित भएको थियो । आँधीखोलालाई सस्तैमा समेट्न गल्याङका कप्तान सन्दीप खत्रीले चार विकेट, तुलसीराम भण्डारीले तीन र संयोग बस्यालले दुई विकेट लिए ।

आँधीखोलाका लागि कप्तान इश्वर क्षेत्रीले ४४ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्समेनले दोहोरो अङ्क बनाउन नसक्दा सस्तैमा समेटिएको थियो । उपाधि जितेको गल्याङ नगरपालिकाले ट्रफी, मेडल र प्रमाण–पत्रसहित ४० हजार रुपियाँको किटसेट प्राप्त गरेको थियो ।

उपविजेतमा चित्त बुझाएको आँधीखोलाले गाउँपालिकाले ट्रफी, मेडल र प्रमाण–पत्रसहित २० हजार रुपियाँको किट पाएको थियो ।

प्रतियोगितामा बेस्ट बलरमा चापाकोटका करण पंगेनी, बेस्ट ब्याटरमा आँधीखोलाका ईश्वर क्षेत्री, बेस्ट किपरमा आँधीखो पुर्ण बहादुर जिटी, बेस्ट फिल्डर चापाकोटका विशाल कोइराला, इमर्जिङ प्लेयर अफ टुर्नामेन्ट भिरकोटका साइमन खाँड, प्लेयर अफ दी टुर्नामेन्टमा आँधीखोलाका ईश्वर क्षेत्री भए ।

जिल्लाका स्थानीय प्रतिभावान खेलाडीको पहिचान, स्तर वृद्धि तथा खेलप्रति रुचि बढाउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको सङ्घका अध्यक्ष दिवाकर थापाले जानकारी दिनुभयो ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]