एसपिए कैलाली प्रिमियर लिग : उपाधिका लागि पुनर्वास बी र भिमदत्त भिड्ने 

फाल्गुन १३,धनगढी

धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास बी र भिमदत्त भिड्ने भएका छन ।

मंगलबार पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास नगरपालिका बी फाइनलमा प्रवेश गरेको छ । त्यस्तै दोश्रो सेमिफाइनलमा बाजुराको त्रिवेणी नगरपालिकालाई ३२ रनले पराजित गर्दै कञ्चनपुरको भिमदत्त नगरपालिका फाइनलमा प्रवेश गरेको हो ।

भिमदत्तले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा त्रिवेणीले १९.१ ओभरमा अलआउट हुँदै १०० रन मात्र बनाउन सक्यो । त्रिवेणीका लागि सुमित श्रेष्ठले सर्वाधिक २५ रन बनाए । बिजय रानाले २१ रन बनाउँदा तुल बहादुर थापाले १९ रनको योगदान दिए । भिमदत्तका लागि अरुण ऐरीलले ५ विकेट लिए । उनी म्यान अफ दी म्याच चुनिए । त्यस्तै विकास आग्रीले २ तथा साजन बिटालु र किरण चन्दले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भिमदत्तले १९.१ ओभरमा अलआउट हुँदै १३२ रन रनको मध्यम योगफल तयार पारेको थियो । उस्का लागि ओपनर ब्याटर अविषेक थापाले ४३ रनको अविजित पारी खेले । कप्तान प्रकाश पाण्डेयले १६ रन बनाउँदा मिलन बोहराले १४,साजन बिटालुले १३,नितेन बिष्ट र समिर बिष्टले समान १२ /१२ रन बनाए । त्रिवेणीका लागि दिपक टमाट्टाले ३ विकेट लिए । दिनेश महरा र संदिप मौरियाको नाममा दुई दुई विकेट रह्यो । फाइनल खेल फाल्गुन १४ गते अर्थात भोली दिउँसो १ बजेबाट धनगढीको फाप्ला मैदानमा हुनेछ ।

जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सञ्चालन भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । तेश्रो संस्करणमा मुख्य प्रायोजक धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो ।

प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५/१५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]