धमला, कार्की र दास चम्किंदा तिलाठी कोइलाडी सप्तरी प्रिमियर लिगको फाइनलमा 

२०७८ चैत्र १५, मंगलवार १३:१६

जित्ने पर्ने खेलमा राजविराज ब्रदर्शलाई पराजित गर्दै सुनिल धमला कप्तानीको तिलाठी कोइलाडी  जायन्ट्स राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको चौंथो संस्करणको फाइनल पुगेको छ।

बुधबार ११ बजे सुरु हुने फाइनलमा उपाधिको लागि जायन्ट्सले टिभीएस किंग्स राजविराजसंग प्रतिस्पर्धा गर्नेछ। राजविराज द किंग र तिलाठी कोइलाडी जायन्ट्स जायन्ट्सले लिग चरणमा ४ खेल खेल्दा समान ३ जित र १ हार बेहोर्दै ६/६ अंक बटुले। लिग चरणको समाप्तिमा टिभीएस किंग्स राजविराज, बजाज खडक वारियर्स र राजविराज ब्रदर्श क्रमशः तेश्रो, चौंथो र पाँचौ स्थानमा रहे।

राजविराज स्थित राज रंगशालामा सम्पन्न खेलमा तिलाठी कोइलाडीले दिएको १३६ रनको लक्ष्य पछ्याएको राजविराज ब्रदर्शले १८.२ ओभरमा १०५ रन मात्र बनायो। ब्रदर्शको लागि निरज कुमार यादव र सोनु तामांगले समान २४ रन तथा विकास दासले १६ रन योगदान दिए।

तिलाठी कोइलाडीको बलिंगमा योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३२ रन खर्चिए। यस्तै सुनिल धमलाले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। यस्तै भुवन कार्कीले २ तथा रोहन विश्वकर्माले १ विकेट लिए।

Sunil Dhamala

टस जितेर ब्याटिंग गरेको तिलाठी कोइलाडी जायन्ट्सले २० ओभरमा ८ विकेट क्षेतीमा १३५ रन बनाएको थियो।

जायन्ट्सको लागि बिकाश दासले सर्वाधिक ५४ रन बनाए जुन क्रममा ४० बलमा ४ चौका र ३ छक्का प्रहार गरे।अविशेक कार्कीले २४ र सुनिल धमलाले २० रन योगदान दिए। ६९ रनमा ७ विकेट गुमेको अवस्थामा विकासले आठौँ विकेटको लागि अविशेकसंग ६२ रनको साझेदारी गरे।

राजविराज ब्रदर्शका बलर दिपेश कंडेलले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १२ रन खर्चिए। विक्रम धोज कार्की र प्रशान्त सिंहले २/२ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बिकाश दास घोषित भए।

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेताले तिन लाख तथा उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy