एसपीएल उद्घाटनमा मेयर र उप-मेयरको रोचक प्रतिस्पर्धा

प्रमुख अतिथिले ब्याटिंग वा बलिंग गर्दै क्रिकेट प्रतियोगिताको उद्घाटन गर्ने प्रचलन नेपालमा नयाँ हैन। प्राय घरेलु प्रतियोगिताहरुको सुरुवात यसरीनै गरिन्छ।

सोमबार राजविराजमा सप्तरी क्रिकेट संघको आयोजनामा सुरु भएको मेयर कप सप्तरी प्रिमियर लिगको दोश्रो सिजनको उद्घाटनमा प्रमुख अतिथि राजविराज नगरपालिकाका मेयर सम्भुप्रसाद यादबको हातमा ब्याट थमाइयो भने बल थियो उप-मेयर साधना झाको हातमा।

प्रतियोगिताको उद्घाटन गर्ने उद्देश्य एकातर्फ थियो तर मेयर यादब र उप-मेयर झाको भने उद्देश्य त्यतिमा सिमित थिएन।

प्रसंग गत वर्ष पहिलो सिजनको सप्तरी प्रिमियर लिगको उद्घाटनको हो। गत सिजन पनि प्रतियोगिताको उद्घाटन गर्न मेयर यादव र उप-मेयर झालाईनै ब्याट-बल थमाइएको थियो।

उप-मेयर झाले बलिंग गर्दै उद्घाटन गर्ने अवसरलाई औपचारिकतामै सिमित गरिनन् खेलाडीले झैं जोसिली तरिकाले बलिंग गरिन्। मेयर यादवले ब्याट त घुमाए तर बलले सिधा स्टम्पको दिशा लियो।

उप-मेयरको बलमा मेयर क्लिन बोल्ड !

उद्घाटन हेर्न वरपर झुम्मिएका दर्शकहरु मजैले हाँसे। उप-मेयर साधना झाको तारिफ भयो भने मेयर सम्भुप्रसाद झाको खिस्सी उड्यो।

सप्तरी प्रिमियर लिगको पहिलो सिजन उद्घाटन गर्ने क्रममा उप-मेयर साधना झाको बलमा बोल्ड हुँदा मेयर सम्भुप्रसाद यादब

दोश्रो सिजन पनि पब्लिक विन्देश्वरी स्कुल मैदानमा मेयर यादवको हातमा ब्याट हुँदा पछिल्लो वर्षको प्रसंग ताजै थियो।

यो पटक उप-मेयर झाको उत्साह पोहोर साल भन्दा अझ बढेको थियो।

४-५ स्टेप रन अप लिंदै पुनः मेयरलाई बोल्ड गर्ने उद्देश्यका साथ उप-मेयर झाले बलिंग गरिन्।

यो पटक भने मेयर यादव सायद तयारीनै गरेर आएका थिए। स्टम्प ताकेर आएको बललाई उनले कसेर प्रहार गरे।

बललाई जोडले हिर्काएपछि मेयर यादवमा खुसिको सिमा थिएन। सट हान्ने बितिकै उनले शानले शतक हाने जसरि ब्याट उठाए, दर्शकहरुको तालिको गडगडाहट बीच मेयरले भने – जय मधेस !

फोटोहरुमा हेर्नुस उद्घाटनमा उप-मेयर झाको बलमा मेयर यादवको सट 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]