सप्तरी प्रिमियर लिग दोश्रो संस्करण आज देखि

Puspa Thapa

सप्तरी क्रिकेट संघको आयोजनामा आज देखि मेयर कप सप्तरी प्रिमियर लिगको ( एसपीएल ) दोश्रो संस्करण आयोजना हुँदैछ।

राजविराज स्थित प.बी. स्कुल मैदानमा आयोजना हुने प्रतियोगिता असार २ देखि ८ गतेसम्म संचालन हुनेछ।

पहिलो संस्करण मात्र ३ टिम सहभागी रहेको लिगको यो संस्करण भने थप २ टिम सहभागी हुँदैछन्। पहिलो सिजन तिलाठी कोइलाडी, बोदेबर्साइन थन्डर्स र बजाज खडक वारियर्स सहभागी थिए भने यो पटक रुपनी राइडर्स र डाक्नेश्वरी ड्रयागन्स टिम थपिएका छन्।

बजाज खडक वारियर्सको मार्की खेलाडी राजेश पुलामी, रुपनी राइडर्सकाका मेहबुब आलम, बोदे बर्साईनका मन्जित श्रेष्ठ, तिलाठी कोइलाडीका सुनिल धमला तथा डाक्नेश्वरी ड्रयागन्सका पुष्प थापा मार्की खेलाडी रहेका छन्।

प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलाइनेछ। लिग चरणमा सबै ५ टिमले एक अर्कासंग खेल्ने छन् जसपछि अंकतालिकामा उत्कृस्ट हुने २ टिमले असार ८ गते फाइनल खेल्नेछ।

पहिलो संस्करण जस्तै यो पटक पनि खेलाडी चयन टिमहरुले अक्सन मार्फत गरिसकिएको छ। ५ टिमले कुल ७० खेलाडी चयन गरिसकिएको छ। 

सुनिल धमला, राजेश पुलामी, मेहबुब आलम, मन्जित श्रेष्ठ, पुष्प थापा, राजु रिजाल, हरिशंकर शाह, अनिल मण्डल, हसिम अन्सारी जस्ता राष्ट्रीय खेलाडीहरु लिगमा खेलीरहेका छन्।

प्रतियोगिताको पहिलो दिन राजेश पुलामी मार्की खेलाडी रहेको बजाज खडक वारियर्स र मन्जित श्रेष्ठ मार्की रहेको बोदे बर्साइन थन्डर्सले प्रतिस्पर्धा गर्दैछन्। पुरा खेल तालिका 

प्रतियोगिताको तयारी आइतबार रातिसम्म सक्ने र सप्तरी बाहिर बाट आउने खेलाडीहरु पनि आउन थालीसकेको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले विकेटनेपाललाई बताउनु भयो।

“यो पटक अझ प्रतियोगिता व्यवस्थित बनाउने प्रयास गरेका छौँ जसको लागि जिम्मेवारी बिभाजन गरेका छौँ” श्रेष्ठले बताए। डम्वरनारायण दास (शम्भु), राहुल सिंह, रवी राय र संजय सिंह कार्की रहने गरि आयोजना उपसमिति गठन गरिएको छ।

प्रतियोगिता निर्देशक रोशन मण्डल

दोश्रो संस्करणलाई पहिलो संस्करण भन्दा व्यवस्थापकीय रुपमा सफल बनाउने योजना रहेको प्रतियोगता निर्देशक रोशन मण्डलले बताए-

“पहिलो पटकको प्रयास सफल भएको हुँदा दोश्रो सिजन थप हौसला मिलेको छ। यो पटक टिम पनि थपिएको छ। अन्तिम पटक भएका कमि-कमजोरीबाट पाठ सिक्दै यो पटक धेरै हदसम्म राम्रो व्यवस्थापन र नतिजा ल्याउने विश्वास छ”

प्रतियोगितालाई राजविराज नगरपालिकाले मुख्य प्रायोजन गरेको छ जसबापत १० लाख रुपैयाँ उपलब्ध गराउनेछ। यस्तै सहभागी ५ टिमहरुबाट टिम लिए वापत २/२ लाख रुपैयाँ आयोजकले लिएको छ।

प्रतियोगिताको विजेता टिमले २ लाख रुपैयाँ तथा उप-विजेताले १ लाख पाउनेछन्। पहिलो संस्करणको उपाधि बजाज खडक वारियर्सले जितेको थियो।

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]