सप्तरी प्रिमियर लिग सुरु – बोदे बर्साइनको रोमान्चक जीत

  • विकेटनेपाल, २८ असार 

सप्तरी क्रिकेट संघको आयोजनामा प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता सुरु भएको छ। पब्लिक विन्देश्वरी माध्यमिक बिद्यालय मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन राजविराज नगरपालिकाको मेयर सम्भु यादबले गर्नु भयो। स्कोरकार्ड 

प्रतियोगिताको उद्घाटन खेलमा बोदे बर्साइन थन्डरले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई रोमान्चक खेलमा ४ रनले पराजित गरेको छ।

टस जितेर ब्याटिंग गरेको सिद्धान्त लोहनी कप्तान रहेको बोदे बर्साइनले १९.१ ओभरमा ८६ रन बनाउन सक्यो। जवाफमा ८७ रन लक्ष्य पछ्याउने क्रममा जित नजिक पुगेको तिलाठी कोइलाडी ४ रनले चुक्न पुग्यो।

अन्तिम ओभरमा जितको लागि २४ रन आवस्यक आवस्यक रहंदा तिलाठी कोइलाडीका ब्याट्सम्यान विकास दासले लेग स्पिनर बिक्रम भुसालको पहिलो २ बलमा तथा ओभरको चौथो बलमा छक्का प्रहार गर्दै खेल रोमान्चक स्थितिमा पुर्याएका थिए। अन्तिम २ बलमा ६ रन आवस्यक रहंदा पाँचौ बलमा रन बनेन भने अन्तिम बलमा विकासले १ रन मात्रै बनाउन सक्दा मेहबुब आलम कप्तानीको टिमले हार बेहोर्न बाध्य भयो।

Bikash Das

पहिलो इनिंगमा बोदे बर्साइनको लागि रोहन बिकले सर्वाधिक १८ रन तथा सन्दिप ढुंगानाले १३ रन बनाएका थिए। तिलाठीका बलर घनश्याम साहले ४ विकेट तथा दिब्यान्शु मालिक र मेहबुब आलमले समान २/२ विकेट लिए। दोश्रो इनिंगमा तिलाठीका ब्याट्सम्यान विकास दासले अविजित २४ रन तथा मिनास थापाले १५ रन बनाए।

खेलको प्लेयर अफ द म्याच ४ विकेट लिएका बोदेका बलर नन्दन झा घोषित भए जसलाई राजबिर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डलले अवार्ड तथा रु. १ हजार ५०० प्रदान गर्नु भयो।

प्रतियोगिताको शुक्रबार खेलिने एकमात्र खेलमा बिहान ११ बजे सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साइन थन्डर र हसिम अन्सारी कप्तानीको बजाज खडक वारियार्स प्रतिस्पर्धा गर्नेछन्। ३ टिम सहभागी प्रतियोगिताको खेलाडीहरु अक्सन मार्फत चयन गरिएको थियो।

Mehboob Alam
Mehboob Alam
Siddhant Lohani
Siddhant Lohani
Rashid Khan
Rashid Khan
Siddhant Lohani , Mehboob Alam
Siddhant Lohani , Mehboob Alam




थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]