सप्तरी प्रिमीयर लिगको चौंथो संस्करणको लागि खेलाडी दर्ता खुला

राजविराज नगरपालिकाको सहयोगमा सप्तरी क्रिकेट संघले आयोजना गर्ने मेयर कप सप्तरी प्रिमियर लिगको चौंथो संस्करणको अक्सनको लागि खेलाडी दर्ता खुला गरिएको छ।

लिगको तेश्रो संस्करण गत वर्ष चैत्रमा सम्पन्न भएको थियो। चौंथो संस्करणको आयोजना मंसिर अन्तिम साता हुनेछ। यस पटक सप्तरी प्रिमियर लिगको महिला संस्करण पनि आयोजना गरिनेछ जसको लागि पनि खेलाडी दर्ता खुला गरिएको छ। पुरुष लिग सकिएको केहि दिनमा महिला लिग आयोजना हुनेछ।

अक्सनमा सहभागी हुन इच्छुक खेलाडीहरुले खल्ती याप ( khalti App ) मार्फत आफ्नो नाम दर्ता गर्न सक्नेछन्। दर्ता शुल्क ५ सय रुपैयाँ तिरेर खेलाडीहरुले आफ्नो नाम दर्ता गर्न सक्नेछन्।मङ्सिर १० गते सम्म खेलाडीहरुले नाम दर्ता गराईसक्नु पर्नेछ।


लिगमा यस पटक टिम संख्या बढाइने प्रतियोगिता निर्देशक रोशन मण्डलले जानकारी गराएका छन्। गत सिजन ५ वटा टिम लिगमा सहभागी थिए।निर्देशक मण्डलले यस पटक लिग थप स्तरीय बन्ने तथा पहिलो पटक खेलहरु टर्फ विकेटमा खेलाइने समेत जानकारी गराए –

“प्रत्येक संस्करणमा हामीले प्रतियोगिताको स्तर वृद्धि गर्दै आएका छौँ र यस पटक हामीले अर्को फड्को मार्दै छौँ। पहिलो पटक खेलहरु टर्फ विकेटमा हुनेछ। यस पटक गत सिजन भन्दा बढी राष्ट्रिय क्रिकेटका चर्चित अनुहारलाई समाबेश गर्नेछौँ। खेलाडीहरु र टिमको आर्थिक पक्ष समेत यस पटक सुधार हुनेछ जसलाई विशेष ध्यान दिईरहेका छौँ। प्रत्येक खेलहरुको राष्ट्रिय टेलिभिजनमा प्रत्यक्ष प्रशारण समेत गरिनेछ।” उनले बताए।

लिगमा गत सिजन मेहबुब आलम, बसन्त रेग्मी, दिपेन्द्र ऐरी, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख,  सुनिल धमला, सिद्धान्त लोहनी जस्ता चर्चित खेलाडीहरु बिभिन्न टिमबाट खेलेका थिए। यस्तै प्रत्येक टिममा स्थानीय खेलाडीहरुको समेत बाहुल्यता रहेको छ।

गत सिजनको उपाधि बिबेक यादव कप्तानीको बजाज खडक वारियार्सले जितेको थियो। लिगमा बजाज खडक वारियर्ससंगै, रुपनी राइडर्स, टिभीएस किंग्स राजविराज, बोदे बर्साईन थन्डर्स र तिलाठी कोईलाडी गरि ५ टोलि सहभागी थिए।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]