सप्तरी महिला क्रिकेट प्रिमियर लिग शुक्रवार देखि सुरु

विकेटनेपाल, १२ असार, राजबिराज ।

नेपालमै पहिलो पटक महिला क्रिकेटको प्रिमियर लिग सप्तरीमा सुरु हुने भएको छ।

नेपालमा यस अघि २ वटा महिला क्रिकेट प्रिमियर लिग प्रतियोगिता घोषणा भएर अक्सन समेत सम्पन्न भए पनि प्रतियोगिता आयोजना भने भएको छैन। वोमेन्स टि-२० क्रिकेट लिग र वोमेन्स च्याम्पियन्स लिग टि-२० गरि २ वटा प्रतियोगिताको अक्सन सम्पन्न भैसकेको छ।

यसै साता सप्तरी क्रिकेट संघको आयोजनामा सप्तरी प्रिमियर लिग टि-२० को पुरुष संस्करण सम्पन्न भैसकेको छ। लगत्तै महिला टि-२० प्रिमियर लिग पनि आयोजना हुन लागेको हो।

यसै साता सप्तरीमा सप्तरी प्रिमियर लिग टि-२० सम्पन्न भएको थियो

असार १३ गते देखि १६ गतेसम्म सप्तरी वुमेन्स प्रिमियर लिग टि-२० को आयोजना हुनेछ। प्रतियोगिता शुक्रवारबाट राजबिराज स्थित प.बि.मा.बि.को क्रिकेट मैदानमा खेलिनेछ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला खेलाडीहरु सम्मिलित यस प्रतियोगितामा सुरुंगा नगरपालिका, खडक नगरपालिका र राजबिराज नगरपालिका गरि ३ टोलिको सहभागिता रहनेछ । आवदेन दर्ता खुल्ला गरि गरिएको यस प्रतियोगिताको लागि नेपालि राष्ट्रिय टोलिका रुविना क्षेत्री, नेरी थापा, सरस्वती चौधरी लगायतको सहभागिता रहने सप्तरी क्रिकेट संघका सदस्य निरज सिंहले जानकारी गराउनु भएको छ।

सहभागी ३ टिमले एक-अर्कासंग २/२ खेल खेलेपछि उत्कृस्ट हुने २ टिमले फाइनल खेल्नेछ।

rubina chhetry
महिला राष्ट्रिय क्रिकेट टिम कप्तान रुबिना क्षेत्री सुरुङ्गाबाट खेल्नेछिन् 

खडक नगरपालिका, सुरुंगा नगरपालिकाको सहयोग तथा सेभ द चिल्ड्रेन र सप्तरी क्रिकेट संघ संगको सहकार्यमा सबल नेपालद्धारा संचालित प्रतियोगिता अन्तर्गतको पहिलो खेल खडक र सुरुंगा बिच हुने जानकारी समेत जानकारी सिंहले गराउनु भएको छ।

“प्रतियोगिताले गर्दा महिला क्रिकेटरहरुको आत्मविश्वास बढ्ने र महिला क्रिकेटर पनि व्यवसायीकताको यात्रामा अघि बढ्नेछन्। यसको साथै सप्तरीमा भएका महिला क्रिकेटरले समेत सिक्ने राम्रो प्ल्याटफर्म प्राप्त गर्नेछन्” सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले बताउनु भयो।

Ayush Shrestha ( President , Saptari Cricket Association )

प्रतियोगिताको विजेताले ५५ हजार रुपैयाँ तथा उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै उत्कृस्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

महिला राष्ट्रिय क्रिकेट टिम कप्तान समेत रहेकी रुबिना क्षेत्रीले प्रतियोगितामा सुरुंगा टिमको प्रतिनिधित्व गर्नेछिन्। यस्तै राजविराज टिमबाट महिला राष्ट्रिय क्रिकेट टिमकि पुर्व कप्तान नेरी थापा र खडकबाट महिला राष्ट्रिय क्रिकेटर सरस्वति चौधरीले प्रतिनिधित्व गर्नेछिन्।

Team : Surunga
Sn Players Name Category District
1 Rubina Chhetry A Jhapa
2 Roma Thapa A Jhapa
3 Apsara Bagan A Morang
4 Kabita Joshi A MahendraNagar
5 Nitu Bhandari A Rupandehi
6 Nigma Tamang B Jhapa
7 Somu Bista B Kathmandu
8 Kritika Mainali C Rupandehi
9 Nisha Sah C Jhapa
10 Monika Chaudhary D Local
11 Niruta Chaudhry D Local
12 Asha Chaudhary D Local
13 Santoshi Chaudhary D Local
14 Srijana Chaudhary D Local
Team : Rajbiraj
Sn Players Name Category District
1 Nerry Thapa A MahendraNagar
2 Sobha Ale A MahendraNagar
3 Sabnam Rai A Jhapa
4 Kabita Joshi A MahendraNagar
5 Ashmina Karmacharya B Kathmandu
6 Saritadiswa Magar B Nepalgunj
7 Ishwari Bista B MahendraNagar
8 Kanchan Shrestha C Kathmandu
9 Samjhana Khadka C MahendraNagar
10 Anjali Chaudhary D Local
11 Kritika Chaudahry D Local
12 Gita Chaudhary D Local
13 Priayanka Chaudhry D Local
14 Manju Chaudhary D Local
Team : Khadak
Sn Players Name Category District
1 Saraswati Chaudhary A Siraha
2 Rashmi Sharma A Biratnagar
3 Kajol Shrestha A Jhapa
4 Santoshi Chaudhary A Siraha
5 Shanti Chaudhry B Siraha
6 Kabita Gautam B Siraha
7 Alish Kc B Rupandehi
8 Arti Kumari Chaudhary C Siraha
9 Madhavi Chaudhary C Local
10 Nitu Chaudhary D Local
11 Sushmita Chaudhary D Local
12 Chandan Kumari Chaudhary D Local
13 Rabina Chaudhary D Local
14 Pushpanjali Chaudhry D Local




थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]