सप्तरी प्रिमियर लिग : आलम र धमला चम्किंदा, टिभीएस किंग्स र तिलाठी कोइलाडीको जित 

सप्तरीको राजविराजमा जारि चौंथो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुईवटा खेलमा टिभीएस किंग्स राजविराज र तिलाठी कोइलाडी जायन्ट्स विजयी भएका छन्।

दिनको पहिलो खेलमा महबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजले रोहित कुमार सिंह कप्तानीको राजविराज द किंगलाई ३ विकेटले पराजित गरेको छ।

राजविराज द किंगले दिएको १२१ रनको लक्ष्य टिभीएस किंग्स राजविराजले १८.१ ओभरमा ३ विकेट क्षेतीमा भेटायो। स्कोरकार्ड 

टिभीएस किंग्सको जितमा कप्तान महबुब आलमले सर्वाधिक ५४ रन योगदान दिए जुन क्रममा प्लेयर अफ द म्याच घोषित आलमले  ३१ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। पप्पु यादवले ११ रन योगदान दिए। ३१ रनमा ४ विकेट गुमेको अवस्थामा आलमले पप्पु यादवसंग ६७ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।  राजविराज द किंगको बलिंगमा अनिल यादव र रुपेश कुमार सिंहले २/२ विकेट तथा फिर्दोश अन्सारी र चित्र बहादुर बिस्टले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको राजविराज द किंग्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १२० रन बनाएको थियो। उसको लागि नन्दन यादवले सर्वाधिक ३० रन, फिर्दोश अन्सारीले २२ तथा रुपेश कुमार सिंहले ११ रन योगदान दिए। टिभीएस किंग्स राजविराजका बलर भुलावन सहानीले सर्वाधिक ३ विकेट, मनिष मण्डल र महबुब आलमले समान २ विकेट तथा बिशाल सुश्लिंग र पप्पु यादवले समान १ विकेट लिए।

Sunil Dhamala

दिनको दोश्रो खेलमा तिलाठी कोइलाडी जायन्ट्सले बजाज खडक वारियर्सलाई २ विकेटले पराजित गर्यो। रोमान्चक खेलमा बजाज खडक वारियर्सले दिएको २०१ रनको लक्ष्य तिलाठी कोइलाडीले २ बल बाँकी रहंदा ८ विकेट क्षेतीमा भेटायो। स्कोरकार्ड 

तिलाठी कोइलाडीको जितमा ओपनर सुनिल धमलाले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ४० बलमा ४ चौका र ७ छक्का प्रहार गरे। धमला खेलको प्लेयर अफ द म्याच घोषित भए। यस्तै भुवन कार्कीले ३०, बिकास दासले २०, रोहन विश्वकर्माले १९ तथा आशिष झाले १० रन बनाए। धमलाले आशिषसंग ६२ रनको ओपनिंग साझेदारी गरे। खडक वारियर्सका बलर राहुल मण्डलले ३ , गोमानंद अमात्य र रोबिन सिंहले २/२ तथा अरनिको यादवले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा ३ विकेट क्षेतीमा २०० रन बनाएको थियो। उसको लागि ओपनर मिनास थापाले सर्वाधिक ९३ रन योगदान दिए जुन क्रममा ६७ बलमा १३ चौका र ३ छक्का प्रहार गरे। यस्तै राहुल मण्डलले ३९, अविनाश कर्णले २९ तथा अरनिको यादवले २३ रन योगदान दिए। मिनासले अविनाशसंग ८३ रनको ओपनिंग  तथा राहुलसंग ७५ रनको दोश्रो विकेटको साझेदारी गरे। तिलाठी कोइलाडीका बलर भुवन कार्की, सुनिल धमला र अविशेक कार्कीले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत शनिवार पनि दुईवटा खेल हुनेछन्। दिनको पहिलो खेलमा विहान ९ बजे राजविराज ब्रदर्श र टिभीएस किंग्स तथा दोश्रो खेलमा दिउँसो १ बजे तिलाठी कोइलाडी र राजविराज द किंग बीच प्रतिस्पर्धा हुनेछ।





थप समाचार

नेपाललाई स्तब्ध बनाउँदै नेदरल्यान्ड्स च्याम्पियन

काठमाडौं । नेपाललाई हराउँदै नेदरल्यान्ड्सले त्रिदेशीय सिरिजको उपाधी जितेको छ । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी सिरिजमा घरेलु टाेलीलाइ स्तब्ध […]

च्याम्पियन बन्न नेदरल्यान्ड्सलाई १ सय ८५ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको च्याम्पियन बन्न नेपालले नेदरल्यान्ड्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । […]

नेपालले टस जित्यो

काठमाडौं । नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको फाइनल […]

फाइनल खेलमा नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । मंगलबार नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी-ट्वान्टी आईको फाइनल खेलमा नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । नेपाल र […]

नेदरल्यान्ड्स र नेपाल फाइनलमा भिड्दै, यस्तो छ ईतिहास

काठमाडौं । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको फाइनल खेलमा घरेलु टोली र नेदरल्यान्ड्सले मंगलबार […]

नेपालसँग खेल्ने आयरल्यान्ड वल्भ्सको टोली घोषणा, सिरिज मार्च २४ बाट

काठमाडौं । नेपाली सिनियर राष्ट्रिय टोली तथा नेपाल ए सँग खेल्ने आयरल्यान्ड वल्भ्सको टोली घोषणा भएको छ । आइतबार क्रिकेट […]