१९ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड फागुनमा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १९औँ संस्करण फागुन २३ गते हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार एक कार्यक्रमबीच अवार्डको घोषणा गरेको हो ।

अवार्डमा २०७८ सालमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिने बताइएको छ । काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने अवार्डमा यसपटक नौ विधा समावेश गरिएको मञ्चले जनाएको छ ।

जसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला,  वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेको छ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिने छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपियाँ र आकर्षक उपहार प्रदान गरिने बताइएको छ ।

मञ्चले सोमबार नै अवार्डको मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिसँग सम्झौता पनि गरेको छ । सम्झौता पत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गर्नुभयो । सम्झौता पाँच वर्षको लागि गरिएको बताइएको छ ।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]