स्पट फिक्सिङ गरेको आरोपमा ५ जनाविरुद्ध मात्र मुद्दा दर्ता

२०७९ फाल्गुन ८, सोमबार १५:२८

स्पट फिक्सिङ गरेको आरोपमा ५ जनाविरुद्ध मात्र मुद्दा दर्ता भएको छ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

खेलाडीहरू मे‍हबुब आलम र आदिल अन्सारीसहित नितेश शाह, नवीन कँडेल र रवि माझीविरुद्ध मात्र मुद्दा दर्ता गरिएको हो । कँडेल र माझी फरार छन् । विदेशीको हकमा यकिन नाम थर, वतन खुलेको अवस्थामा वा नेपालमा पक्राउ परेको अवस्थामा अर्को अभियोग पत्र दर्ता गर्ने निर्णय सरकारी वकिल कार्यालयले जनाएको छ ।

नेपाल टी-२० लिगका आयोजक सेभेन थ्री स्पोर्ट्सका जतिन अहलुवालिया र अभिषेक शक्लानी, वेस्ट इन्डिजका खेलाडी आन्द्रे म्याकर्थी तथा भारतीय नागरिकहरू समीर शेख, वीरेन्द्र शाह र विकाश ध्यानी नेपालविरुद्ध पक्राउ परे वा उनीहरूको नाम थर, वतन खुलेको अवस्थामा अर्को अभियोग पत्र दर्ता हुने सरकारी वकिल कार्यालयले निर्णय लिएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy